८१ दिनपछि खोलियो जानकी मन्दिरको मूलढोका

वेलकम खबर
असार ५, २०७७

जनकपुरधाम। श्रद्धालु भक्तजनको लागि जानकी मन्दिरको मूल ढोका ८१ दिनपछि खोलिएको छ। कोरोना महामारीको त्राससँगै सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको कारण जिल्ला प्रशासन कार्यालय धनुषाको आदेशमा गएको १५ चैतदेखि मन्दिरको मूलढोका बन्द गरिएको थियो।

लकडाउन खुकुलो भएसँगै ८१ दिनपछि बिहीवारदेखि सर्वसाधारणको लागि मन्दिरको मूलढोका खोलिएको बताइएको छ। मन्दिरको मूलढोका खुले पछि श्रद्धालु भक्तजनको बिहानैदेखि अवागमन सुरु भएको छ। मन्दिरमा पूजाअर्चना गर्ने क्रम सुरु भएको हो।

सन् १९११ मा स्थापना भएपछि पहिलो पटक यति लामो समयसम्म जानकी मन्दिरको मूलढोका बन्द भएको जनाइएको छ। मूलढोका बन्द रहेपनि मन्दिर भित्र बिहान र बेलुका हुने पूजाअर्चना भने जारी रहेको थियो। मन्दिरमा दर्शन तथा पूजाअर्चना गर्न आउने श्रद्धालु भक्तजनलाई समाजिक दूरी पालना गर्न आग्रह गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*