विश्वमा एकै दिन १ लाख ८० हजार बढिमा कोरोना सङ्क्रमण

वेलकम खबर
असार ५, २०७७

काठमाडौँ। विश्वमा एकै दिन १ लाख ४० हजारभन्दा बढीमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा मात्रै १ लाख ४० हजार ३२३ जना सङ्क्रमित थपिएका छन्। यो सँगै विश्वमा कुल सङ्क्रमितको सङ्ख्या ८५ लाख ७० हजार १७९ पुगेको छ।

पछिल्लो २४ घण्टामा विश्वभर ५ हजार १२६ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको सङ्ख्या ४ लाख ५५ हजार ५७८ पुगेको छ।  अहिले ३६ लाख ५ हजार ३४६ जनाको उपचार भइरहेको छ भने ४५ लाख ९ हजार २५५ जना उपचारपछि निको भएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*