भारतमा एकै दिन १३ हजार बढिमा कोरोना सङ्क्रमण, अहिले सम्मकै उच्च

वेलकम खबर
असार ५, २०७७

काठमाडौँ। भारतमा एकैदिन कोरोना भाइरसबाट अहिलेसम्मकै सबैभन्दा बढी सङ्क्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा १३ हजार ८२६ जना सङ्क्रमित थपिएका छन्। यो अहिलेसम्मकै उच्च हो।

अहिले सम्म भारतमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या भारतमा ३ लाख ८१ हजार ९१ पुगेको छ। भने पछिल्लो २४ घण्टामा भारतमा ३४२ जनाको मृत्यु भएको छ। यो सँगै अहिले सम्म मृत्यु हुनेको कुल सङ्ख्या १२ हजार २३७ पुगेको छ। साथै उपचार पछि निको हुनेको सङ्ख्या २ लाख ५ हजार १८२ पुगेको छ।

महाराष्ट्रमा सबैभन्दा बढी ३ हजार ७५२ जना सङ्क्रमित थपिएर १ लाख २० हजार ५०४ जना सङ्क्रमित भएका छन्। एकै दिनको यो महाराष्ट्रमा सबैभन्दा बढी हो। नयाँ दिल्लीमा पनि रेकर्ड बनेको छ। एकै दिन सबैभन्दा बढी २ हजार ८७७ जना सङ्क्रमित थपिएका छन्। २४ घण्टामा यो सबैभन्दा बढी हो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*