संविधान संशोधन विधेयक राष्‍ट्रिय सभाबाट पारित

वेलकम खबर
असार ४, २०७७

काठमाडौँ। राष्ट्रिय सभाबाट बिहीबार संविधान संशोधन विधेयक सर्वसम्मतले पारित भएको छ। राष्ट्रिय सभामा बिहीबार भएको मतदानमा ५७ जना सांसदले संविधान संशोधनको पक्षमा मतदान गरेका थिए।

राष्ट्रिय सभाका ५८ सदस्य मध्ये उपस्थित ५७ जना सदस्य सबैले पक्षमा मतदान गरेकाले संशोधन प्रस्ताव सर्वसम्मतले पारित भएको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले घोषणा गरे। कानून मन्त्री शिवमाया तुम्बाहाङफेले बैठकमा विधेयकमाथि छलफलपछि पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गरेकी थिइन्। 

राष्ट्रिय सभाले विधेयक पारित भएको सूचना प्रतिनिधिसभालाई दिएपछि प्रमाणिकरणका लागि राष्ट्रपति समक्ष प्रस्तुत हुनेछ। राष्ट्रपतिले प्रमाणिकरण गरेसँगै नेपालको संविधानमा नयाँ निशान छाप समेटिनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*