आज ओमानबाट १४७ नेपाली स्वदेश फर्किए
वेलकम खबर
असार ४, २०७७
काठमाडौँ। ओमानमा रहेका थप १४७ जना नेपाली बिहीबार स्वदेश फर्किएका छन्। ३७ जना महिलासहित १४७ जना नेपाली नेपाल फर्किएको ओमान स्थित नेपाली दूतावासले जनाएको छ। कोरोना भाइरसका कारण विभिन्न समस्यामा परेका नेपालीको उद्धारका लागि ओमानबाट यो दोस्रोपटक उडान भरिएको हो।
यसअघि असार १ गते १६६ जना नेपाली स्वदेश फर्किएका थिए। स्वदेश फर्किएकाहरूले सरकारले तोकेको भाडादर भन्दा सस्तोमा फर्काइएको छ। उनीहरूलाई १५५ ओमानी रियाल (३६ हजार ४२३ रुपैयाँ) तोकिएको छ।


















