मनाङमा पहिलोपटक भेटिए कोरोना सङ्क्रमित
वेलकम खबर
असार ४, २०७७
काठमाडौँ। मनाङमा एक जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ। हिमाली जिल्ला मनाङमा कोरोना संक्रमित फेला परेको यो पहिलो पटक हो। फेला परेका ती कोरोना सङ्क्रमित कपिलवस्तुबाट फर्किएको बताइएको छ।
कोरोना देखिएका ती व्यक्ति चामे गाउँपालिकामा कार्यरत कर्मचारी हुन्। ५७ वर्षका सङ्क्रमित उनको स्थायी ठेगाना भने बाढगङ्गा १४ कपिलवस्तु रहेको बताइएको छ।


















