बिपतकाे साथी: सराेकार केन्द्र

बुद्धिमान परियार
जेष्ठ १०, २०७७

बुद्धिमान परियार

आउँछ बिपत जिल्लावासीका शिर माथि
बन्दछ सरोकार केन्द्र उनीहरूको साथी !
बाढी पहिरो होस् या आगलागि
राहत र उद्दारमा बन्दछ सहभागी !!

बिरामी,दु:खीअसाहय छन् जहाँ
सहयोगी मन र हातहरु फैलाउछ त्यहाँ !
पीडाका घाउँहरुमा मलम लगाऔ भनी
बढ्छ सरोकार केन्द्र आफ्नो कर्तव्य ठानी !!

एकताको मालामा सवैलाई बुन्दै
बर्षमा एक पल्ट भव्य वनभोज गर्दै !
दु:खमा होस्,सुखमा गर्दछ खबर
जिल्लावासीको निम्ति पाईला निरन्तर !!

रीस राग द्वेस हुन्न काहीँ कहिल्यै
सामाजिक काममात्र मनमा जहिल्यै !
के साँझ के बिहान के रात नभनी
खट्दछ हर पल कुनै अप्ठ्यारो नमानी !!

कवि  परियार सरोकार केन्द्रका सचिव हुन ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु