गस्तीबाट फर्कदै गर्दा प्रहरी सहायक निरीक्षकको मृत्यु
ताप्लेजुङ । ताप्लेजुङमा डिउटीमा रहेका एक प्रहरी सहायक निरीक्षकको मृत्यु भएको छ।
बिहीबार बिहान तीन बजे गस्तीबाट गस्तीबाट फर्किँदा फर्किँदै बिरामी परेका उनको मृत्यु भएको हो । मृत्यु हुनेमा प्रहरी चौकी खेवाङमा कार्यरत असई बालकुमार राई रहेका छन ।
गस्तीबाट कार्यालय फर्किँदै गर्दा गाह्रो भएपछि राई सिरिजङ्गा गाउँपालिका ७ स्थित ज्ञानू तामाङको घरमा आराम गर्न बसेका थिए।तर केही समयपछि उनी बिरामी परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए।‘आराम गर्न बसेका थिए, उनी तर केहीबेरपछि बिरामी परेछन्’ डिएसपी श्रेष्ठले भने, ‘अनि बान्ता गरेर बितेको भन्ने कुरा आएका छ।’
दुर्गम क्षेत्र हुँदा अस्पताल समेत लग्न नपाएको उनले बताए।



















