पर्यटन क्षेत्रको लागि यस्तो आयो सरकारको नीति तथा कार्यक्रम
काठमाण्डौ । सरकारले कोविड १९ले पारेको प्रभाब अध्ययन गरी पुनरुत्थान तथा दिगो पर्यटन सम्बन्धि कार्यक्रम ल्याउने भएको छ ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्या भण्डारीले पर्यटन क्षेत्रमा कोविडले पारेको प्रभाव र बाहय कारण पार्ने प्रभावको अध्ययन गरी पुनरुत्थान तथा दिगो पर्यटन कार्यक्रम कार्यान्वयन गर्ने बताउनुभयो । त्यस्तैै आगामी आर्थिक वर्षदेखि काभ्रे र तेह्रथुमको चुुहानडाँडामा विमानस्थल निर्माण गर्ने भएको छ । अाउदाे अा.वमा त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थललाई पूर्ण रुपमा बुटिक विमानस्थलको रुपमा विकास गरिने र अर्को बर्षदेखि गौतम बुद्ध अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आउने सरकारको भनाई छ ।
पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलको आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न गरी सञ्चालनको पूर्व तयारी गरिने छ निजगढ अन्र्तराष्ट्रिय विमानस्थलको निर्माण प्रारम्भ गरिने जनाएका हो ।
त्यस्तै थप आठ बटा आन्तरिक विमानस्थल धावनमार्गको कालोपत्रे गरिएको छ भने आठ बटा विमानस्थल रात्रीकालिन सेवा सञ्चालन भएको छ । त्यस्तै दुईबटा आन्तरिक विमानस्थल कालोपत्रे गरिने समेत उल्लेख गर्नुभयो ।
सम्भाब्य पहाडी र हिमाली क्षेत्रमा अत्याधुनिक सुविधा युक्त हिल स्टेशन र होटल पूर्वाधारमा प्रोत्साहन गरिने साथै होटल तथा रिर्सोटसँग अग्र सम्बन्ध विकास गर्ने गरी स्थानीयस्तरमा अग्रानिक ठूलो फार्म सञ्चालनमा ल्याउन प्रोत्साहन गर्ने उल्लेख गरिएको छ ।
नीति तथा कार्यक्रममा हवाई उड्डउन क्षेत्रमा नियामक र सेवा प्रदायकका लागि छुटा टुटै ब्यवस्था गरि कार्यान्वयनमा ल्याउने,लुम्बिनीमा निर्माणाधिन ५ हजार ब्यक्ति क्षमताको ध्यान केन्द्र सञ्चालनमा ल्याउने, लुम्बिनी क्षेत्रको विस्तार बृहत्त लुम्बिनी अवधारणाको कार्यान्वयनमा ल्याईने भएको भएको छ । तिरौलाकोटलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने कार्य अगाडी बढाउने बताएकाे छ । नेपालको भाषा,साहित्य,कला सस्कृति र सम्पदा संरक्षण तथा सम्बद्धन गदै प्रतिलिपि अधिकार अधिकार प्रत्याभूत गरिने सरकारले बताएको छ ।



















