ताप्लेजुङकाे आगलागीमा यिनीहरुकाे घर डढे

वेलकम खबर
बैशाख २०, २०७७

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा शुक्रबार राती भएको आगलागीमा ७ वटा घर र ५ वटा घुम्ती पसल जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले शनिबार विहान दिएको जानकारी अनुसार फुङलिङ नगरपालिका ५ स्थित ट्याक्सी स्टेण्ड छेउमा रहेका सात वटा घर र पाँच वटा घुम्तीमा आगलागी भएको हो ।

साढे १० बजे ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमै रहेको भट्टराई होटल एण्ड लजबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ । आगो के कारणले सुरु भएको हाल सम्म खुलेको छैन ।

देवी भट्टराईको घरमा संचालनमा रहेको भट्टराई होटल एण्ड लज बाट आगलागी हुँदा दायाँ बाँयाका घर र घरमा भएका पसल र होटल पनि जलेका हुन् । आगो आज विहान पाउने ५ बजे मात्रै पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीको भनाई छ । प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको हो । अहिले क्षतीको विवरण संकलनको काम भइरहेको छ ।

घर जलेका घरधनीको नाम
१, नेत्र कार्की
२, खेम के.सी.
३, खड्ग थापा
४, चन्द्रमाया लोछार
५ राम साह
६, प्रेम निरौला
७, देवी भट्टराई

घुम्ती पसल/काउण्टर
१, बिनिता बिस्टको घुम्ती चिया पसल,
२, तुलसा भट्टराईको चिया तथा किराना घुम्ती पसल,
३, बिशाल काउण्टरको घुम्ती,
४, सुपर साईनो काउण्टरको घुम्ती
५, बुद्दशान्ती काउण्टरको घुम्ती

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*