ताप्लेजुङको आगलागी नियन्त्रणमा, ७ घर जले
ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङमा लागेको आगो नियन्त्रण आएको छ । फुङलिङ ५ स्थित ट्रयाक्सी काउन्टरमा राती ९ः३० बजे देखि लागेको आगोलाई करिब दुई घण्टा पछि नियन्त्रणमा लिएको हो । स्थानीयबासी दमकल,सेना,प्रहरीले आगो नियन्त्रणमा लिएको हो । आगलागी, भण्डारी खाजा घर छेउबाट शुरु भएको बुझिएका छ । आगलागीमा ,भण्डारी खाजा घर , भट्टराई चिया पसल,सुर्य स्टेशनरी,ट्रयाक्सी काउन्टर गरी ७ घर पूर्ण रुपमा जलेको छ भने आगो नियन्त्रण गर्दा राम चौधरीको पसल र दुर्गा ढुगानाको कोशेली घर समेत भत्काईएको छ । भने नेपाली काग्रेसको पार्टी कार्यालय पनि आगलागीले क्षति पुगेको छ । आगलागी के कारणले क्षति विवरण अझ प्राप्त हुन सकेको छैन ।



















