संकटको सारथि बन्यो ताप्लेजुङ सरोकार केन्द्र
काठमाण्डौ । कोरोना भाईरस संक्रमण फैलन नदिन नेपाल अहिले लकडाउनमा छ सरकारले संक्रमण फैलिएला भनेर लकडाउन गरेको आज २० दिन पुगेको छ । लक डाउनले गर्दा दैनिक गुजारा गदै आएकाहरुमा समस्या उत्पन्न हुने भन्दै ताप्लेजुङ सरोकार केन्द्रले आपतकालिन कोष स्थापना गरी राहत संलकन गरि वितरण गर्न शुरु गरेको छ ।
दुखमा परेको बेलामा जिल्लाबासीहरुलाई साथ दिने उद्देश्यले गठित संस्थाले ताप्लेजुङबाट काठमाण्डौ आई दैनिक श्रम गरि गुजारा गदै आएकाहरु , कमजोर तथा विपन्नवर्ग, विध्यार्थी लगायतलाई लकडाउनले संकटमा रहेकाहरुलाई सरोकार केन्द्रका कार्य समिति ईच्छुक सदस्यहरुबाट स्वेच्छिक रकम तथा खाद्याय सामाग्री जुटाई राहत वितरण गरेको हो ।
सरोकार केन्द्रले जिल्लाको हरेक सुख दुखमा साथ दिदै आएकोले यस बर्ष पनि सरोकार केन्द्रले लकडाउनमा समस्या परेकाहरुका लागि पनि आपतकालिन राहत कोष स्थापना गरि सहयोग गरेको सरोकार केन्द्रका केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले बताउनुभयो ।
उहाँ हाल सम्म ६९ परिवारका २३१ जनालाई एक लाख एकाईस हजार ३४५ वितरण गरेको बताउनुभयो । विपन्न तथा दुखमा परेकाहरुकाहरुका माग अत्यन्तै धेरै सवैलाई राहत वितरण गर्ने बताउनुभयो । संकटको समयमा यसरी राहत वितरण गरेर सरोकार केन्द्रले ठूलो गुन लगाएको राहत लिएकाहरुले बताएको सरोकार केन्द्रका कोषाध्यक्ष डण्डु शेर्पाले बताउनुभयो ।



















