ताप्लेजुङ युवा समाजले ३३ घर परिवारलाई सहयोग गरर्यो

वेलकम खबर
चैत्र ३०, २०७६

काठमाडौं । ताप्लेजुङ युवा समाज काठमाडौले कोरोना भाइरसको लक डाउनको चपेटामा परेर समस्या भोगिरहेका ताप्लेजुङका नागरिकलाई ३० गते सम्ममा ३३ घर परिवार १५३ जनालाई ६८३०० , उनान्न सतरी हजार तीन सय बराबरको खाद्य सामाग्रीवितरण गरेको छ एक घर परिवारलाई २५ केजी चामल , ४ केजी दाल , २ लिटर तेल र १ केजी नुन सहयोग गरेको संस्थाका अध्यक्ष मुक्ति लाबुङ जानकारी दिए ।
ताप्लेजुङ युवा समाजले आफ्नो सचिवालय र कार्यसमितिको पदाधिकारीबाट आर्थिक संकलन गरी दैनिक ज्याला मजदुरी गर्ने , अति विपन्न , विद्यार्थी , वैदेशिक रोजगारीमा फसेका र अपाङ्ग असक्तहरुलाई सहयोग गरेको संस्थाका महासचिव निरोज लिवाङ जानकारी दिए । यो दुःखद घडीमा आफ्नो ज्यानको बाजी राखेर प्रत्येक दुःख परेका जिल्लाबासीको घर आँगनसम्म समाजका अध्यक्ष मुक्ति लाबुङको निजी गाडीबाट ढुवानी गरी वितरण गरिएको समेत महासचिव लिवाङ जानकारी दिए ।


अहिले सम्म जिल्लाबासीको हरेक सुख दुःखमा साथ दिंदै आएको र आइन्दा दिनमा पनि सँधै युवा सउमाजले सके जति साथ र सहयोग रहने समेत प्रतिवद्धता व्यक्त गरे ।
नेपाल सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साता लकडाउनको घोषणा गरेको थियो ।
फेरी बसेको मन्त्रिपरिषदको बैठकले सो अवधिलाई लम्ब्याएर वैशाख ३ गते सम्म लकडाउन गर्ने निर्णय गरेको छ । हाल विश्वमा कारोना भाइरस संक्रमित र संक्रमणबाट मृत्यु हुनेको संख्या दिनानु दिन बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु