ताप्लेजुङको पिकनिक स्थगित
काठमाण्डौ । आउदो फागुन २४ गते शनिवार भक्तपुरको मन्थली चौर गुन्डुमा हुने बृहत्त बनभोज पिकनिक नहुने भएको छ ।
ताप्लेजुङ सरोकार केन्द्रको आयोजनामा हुन लागेको बृहत्त बनभोजन विश्वव्यापी त्रासको विषय बनेको ‘कोरोना भाइरस’को जोखिम नेपालमा पनि उच्च रहेको विश्व स्वास्थ्य संगठनको प्रतिवेदन बाहिर आए सगै नेपाल सरकारले ठूला भोजभतेर र सभा सम्मेलन नगर्न अपिल गरेपछि तत्कालको लागि पिकनिक स्थगित गरेको जनाएको हो । सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले मंगलवार प्रेस विज्ञप्ती प्रकाशित गदै बनभोजको तयारी अन्तिम चरण पुगेपनि सरकारको आवहानलाई मध्यनजर गदै बनभोज स्थगित गरेको उल्लेख गरेको छ ।
विज्ञप्तीमा भनिएको छ त्यसैले सरकारको अपिल, अग्रजहरुको भावना र आम जिल्लावासीको स्वास्थ्यलाई केन्द्रमा राखेर निर्णय लिनु एक जिम्मेवार संस्थाको दायित्व भएकोले यही फागुन २४ गते शनिवार आयोजना गरिएको ताप्लेजुङ वनभोज हाललाई स्थगित गरिएको छ भनेर उल्लेख गरेका हो ।
विज्ञप्तीमा भनिएको छ ताप्लेजुङ वनभोज जिल्लावासीहरुलाई जोड्न, आपसी मित्रता कायम गर्न, वर्षाैं पुरानो मित्रहरु भेटघाट गर्ने र रमाइलो गर्ने थलोको रुपमा परिचित र प्रिय बनेको उल्लेख गदै वनभोजमा सामेल हुन उपत्यकामा बसोवास गर्ने ताप्लेजुङवासी मात्रै होइन, उपत्यका बाहिर र देश बाहिर रहेका ताप्लेजुङवासीहरुका साथै ताप्लेजुङसँग भावनात्मक सम्बन्ध जोडिएकाहरुले पनि भेटघाट गर्ने र रमाइलो गर्ने उद्देश्यले वनभोजमा सहभागी हुन लालायित रहेको उल्लेख गरिएको छ ‘स्वास्थ्य जस्तो अति संवेदनशील विषय जोडिएको हुँदा विद्यमान अवस्थामा वनभोजलाई स्थगित गर्नु नै उपयुक्त हुन्छ’ भन्ने अग्रजहरुको राय रह्यो । हर संकट र महत्वपूर्ण घडिमा अग्रजहरुको विचार र भावनालाई आत्मसात गर्दै अघि बढ्ने हाम्रो परम्परा रही आएको छ । विज्ञप्तीमा जिल्लावासीहरुको भेटघाट गर्ने र रमाइलो गर्ने चाहनाबाट हामी बिमुख नभएको बताउदै ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौं चाडै नै अर्को मिति सार्वजनिक गरी उल्लासमय र मनोरञ्जनपूर्ण वातावरणमा जिल्लावासीहरु बीच भेटघाट गर्ने वातावरण सृजना गर्ने समेत जनाएको छ । सरोकार केन्द्रले यसबाट पर्न गएको असुविधा प्रति सरोकार केन्द्र सम्बन्धित सबैमा क्षमा पनि माचगेको छ ।
विज्ञप्ती




















