नेकपा ताप्लेजुङले एकता टुंग्यायो, क्षेत्र (क) मा भट्टराई र (ख) मा न्यौपाने संयोजक

वेलकम खबर
फाल्गुन १७, २०७६

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ताप्लेजुङ जिल्लाले एकता टुंग्याएको छ । तेश्रो जिल्ला कमिटीको फागुन १५ देखि १६ गतेसम्म चलेको बैठकले जिल्लाको एकता टुंग्याएको हो ।

नेकपा जिल्ला अध्यक्ष विजय प्रकाश वनेमले दिएको जानकारी अनुसार जिल्लामा २५ विभिन्न बिभाग बनाउदै बिभाग प्रमुख तथा उपप्रमुखको टुंगो लगाएको हो ।

यस्तै, प्रदेशसभा निर्वाचन क्षेत्र (क) मा मातृकाप्रसाद भट्टराई संयोजक र ठाकुर साम्सोहाङ सचिव वनेका छन् । भने, निर्वाचन क्षेत्र ञखझ मा संयोजक नेत्रप्रसाद न्यौपाने र सचिव गोपाल थोप्रालाई चयन गरिएको हो । जिल्ला सल्लाहकार परिषदमा अध्यक्ष अमृत मादेन र सचिव पुर्ण इजम बनेका छन भने, जेष्ठ कम्युनिष्ट मंच अध्यक्ष रविरत्न प्याकुरेल र सचिव खड्ग विक्रम थुलुङ चयन भएका हुन् ।

दुईदिन चलेको नेकपाको जिल्ला कमिटी बैठकले सरकारद्वारा प्रतिबन्धित विप्लव नेतृत्वका नेता र संघिय समाजवादी फोरम परित्याग गरि पार्टी प्रवेश गरेका समेतलाई जिल्ला कमिटिमा मनोनीत गरेको हो । ताप्लेजुङ जिल्लामा नेकपा जिल्ला कमिटीले तीन महिने पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध सुधार अभियान सञ्चालन गर्ने भएको छ भने, चैत्र १ गते जिल्ला सदरमुकाम फुङलिङमा अगुवा नेता कार्यकर्ता भेला समेत गर्ने भएको छ ।

जिल्ला अध्यक्ष वनेमका अनुसार जिल्ला,नगर, गाउँ, वडा र टोल गरि करिब ८३०० संगठित सदस्यहरुलाई जिम्मेवारी दिइसकेको जनाए । जिल्ला कमिटी बैठकमा नेकपा केन्द्रिय सदस्य जिल्ला इन्चार्ज भाष्कर काफ्ले, केन्द्रिय सदस्य तथा सह(इन्चार्ज तिलकुमार मेन्याङवो, केन्द्रिय सदस्य तथा प्रदेश सांसद टंक आङबुहाङ, प्रदेश कमिटि सदस्यहरु खेलप्रसाद बुडाक्षेत्री, मिङमा डण्डु शेर्पा र अम्विका राजभण्डारीको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*