पर्यटन मन्त्री योगेश भट्टराईको ताप्लेजुङमा एक दिन

राजेन्द्र श्रेष्ठ
फाल्गुन १४, २०७६

ताप्लेजुङ । संस्कृति,पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईको मंगलवारको कार्यक्रम तालिका निकै ब्यस्त रहयो ।
गृह जिल्ला ताप्लेजुङ आई पुग्नु भएका मन्त्री भट्टराई विहानै देखि निकै ब्यस्त रहनु भएको थियो मन्त्री भट्टराई मंगलवार विहान साढे सात बजे ताप्लेजुङमा ९ गतेबाट जारी पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सवको समापन समारोहको दिन भएको पुरुष तथा महिला म्याराथनको उद्धघाटन गर्नु भयो ।


त्यसपछि जिल्लाको एक मात्र सुकेटार विमानस्थलको निरीक्षण गर्नुभयो विमानस्थलको स्तोरउन्नती भई रहेको कामकोबारे जानकारी लिदै काम चाडो सक्न ठेकदारलाई आग्रह गर्नुभयो ।

 

 

 

 

 

 

त्यसपछि शेर्पा समुदायले बनाएको गुम्वा निरीक्षण गर्नुभयो ।

त्यसपगुम्वाको कार्यक्रम सकेर सामुदायिक भबनमा भएको छात्रबृत्ति घोषणा तथा वितरण कार्यक्रममा सहभागी हुनुभयो । ताप्लेजुङ विकास मञ्च ताप्लेजुङ तथा दौतारी नेपाल काठमाडौ सहयोगमा ताप्लेजुङ जिल्लाका ४ वटा बिद्यालयलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । मेरिङ्देन गाउँपालिकास्थित श्री सूर्य मावि सान्थाक्रा, सिद्धकाली मावि थिङलाबु तथा सिरिजङ्घा गाउँपालिकाका स्थित आम्बेगुदिनको भगवती आधारभूत विद्यालय र पाथीभरा याङ्वरक गाउँपालिकाको डुम्रिसेस्थित सिद्वेश्वरी माविका १ सय जना बिद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको हो ।सामाग्री हस्तान्तरण गदै मन्त्री भट्टराईले शैक्षिक सुधारमा लाग्न सवैलाई आग्रह गर्नुभयो ।

 

सो कार्यक्रम सकेर नेपाल कम्युनिष्ट पार्टी कार्यालयमा पुग्नु भयो । नेकपाका स्थायी समिति सदस्य समेत रहनु भएका मन्त्री भट्टराईले पार्टीका जिल्ला नेता तथा कार्यकताहरुलाई सरकारले गरेको कामको बारेमा जानकारी गराउन निर्देशन गर्नुभयो । नेकपाको सरकारले कुनै पनि गलत काम नगरेको बताउदै लोकप्रियता कमाउने भन्दा पनि सरकारले दिर्घकालिन हितको लागि योजना बनाएर काम गरेको धारणा राख्नु भयो ।

त्यसपछि पाथीभरा म्याराथन तथा मेची पर्यटन महोत्सवको समापन कार्यक्रम प्रमुख अतिथीको रुपमा कार्यक्रममा सहभागी हुनु भयो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले तमोर जलाशययुक्त आयोजना,तमोर करिडोर,उत्तर–दक्षिण लोकमार्ग, पाथीभरा मार्ग,कञ्चनजंघा मार्ग,मदन भण्डारी मार्गसहितका ठूला आयोजनामा पनि राज्यको उच्च प्राथमिकता रहेको भन्दै यसले आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनमा ठूलो बल पुग्ने दावी गर्नुभयो ।

यि आयोजनाको निर्माण र सम्पन्नताले पूर्वी नेपालको मात्र नभई मुलुककै समृद्धिको सान उचो बनाउने मन्त्री भट्टराईको दावी थियो । मन्त्रीले भट्टराईले विजेताहरुलाई पुरस्कार वितरण गर्नुभयो भने आउदो बर्ष मेची पर्यटन महोत्सव पाँचथरमा गर्ने गरी पाँचथर उद्योग बाणिज्य संघलाई ट्रफी हस्तान्तरण गर्नुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*