४० बर्ष पछि घर पुगेका बाबुलाई प्रधानमन्त्री ओलीले भने टारबारी त हेलिप्याड बनेछ ( फोटो फिचर,भिडियो सहित )

वेलकम खबर
फाल्गुन १२, २०७६

राजेन्द्र श्रेष्ठ
तेह्रथुम आठराई ।
आफ्नो ६९औँ जन्मोत्सव  मनाउन आफनो जन्म घर पुग्नु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफु जन्मेको घरमा गएर घरको मूल खम्वामा ढोग्नु भयो । आफना श्रीमति र पितासग पुग्नु भएका प्रधानमन्त्री ओलीले बुवालाई पहिला मकै र तोरी  फलाउने बारी त हेलिप्याड भएछ । बसाई सरेर झापाको दमक गएको ४० बर्ष पछि घर पुग्नु भएका प्रधानमन्त्रीका बुवा मोहन प्रसाद ओलीलाई यस्तो बताउनुुभएको हो ।

जन्म घरमा कोही नबसे पनि नयाँ घरमा मान्छे बस्ने प्रधानमन्त्रीले बाबुलाई  जानकारी गराउनुभयो । प्रधानमन्त्री  ओलीले आफ्नो ६९औँ जन्मोत्सव अवसरमा आठराई क्षेत्रका ४०० ज्येष्ठ नागरिकलाई कपडा र दुई हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ ।

जन्मदिन मनाउन आठराई गाउँपालिका–४ को ईवामा रहेको जन्मघर पुग्नुभएका ओलीले हिजो नै आफ्नो घरबाट जननेता मदन भण्डारीको जन्म घर ताप्लेजुङको ढुङ्गे साँघु जोढ्ने ६५ किलोमिटर सडकको पनि शिलान्यास गर्नुभयो ।

 

प्रधानमन्त्री ओलीले सो सडकखण्डको शिलान्यस गर्दै सरकार विकास निर्माणको काममा आक्रमक रुपले लागेको बताउनुभयो ।प्रधानमन्त्री ओलीले आफ्नै जग्गामा अनुसन्धानको प्राविधिक शिक्षालय सञ्चालन गर्ने कार्य अन्तिम चरणमा पुगेको जानकारी पनि दिनुभयो ।

प्रधानमन्त्री ओलीले सङ्क्रान्ति बजारमा पुनःस्थापना गरिएको नेपाल बैंकको १७७ औँ शाखाको पनि उद्घाटन गर्नुभयो ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*