नेकपा बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘बाँस्कोटामाथि राज्य संयन्त्रले नै छानबिन गर्छ’
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका संचार मन्त्री गोकुल बाँस्कोटालाई पार्टीले छानबिन गर्नु नपर्ने बताएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको केन्द्रीय सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले बाँस्कोटामाथि पार्टीले छुट्टै छानबिन गर्नु नपर्ने बताएका हुन् ।
सचिवालय सदस्यहरुले बाँस्कोटाको सम्बन्धमा छानबिन समिती बनाएर तथा निलम्बन गरी सार्वजनिक भएको अडियोसम्बन्धमा अनुसन्धान गर्नु पर्ने प्रस्ताव गरेका थिए । तर, ओलीले यस प्रस्तावमा सहमत भएनन् ।
‘बाँस्कोटाले राजीनामा दिइसकेका छन्, अब उनीमाथि राज्य संयन्त्रले नै छानबिन गर्छन्,’ ओलीको भनाइ थियो, ‘राज्य संयन्त्रले नै छानबिन गर्ने भएपछि पार्टीले छु्ट्टै छानबिन गर्नु पर्दैन् ।’
सचिवालय बैठकपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्न महाराजगंजस्थित राष्ट्रपति निवास पुगेका थिए ।



















