बालुवाटारमा सारंगी साँझ : ओलीले बजाए बाँसुरी

वेलकम खबर
माघ २१, २०७६

काठमाडौं : मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सारंगी साँझ भएको छ। मदन भण्डारी कला साहित्य प्रतिष्ठान र नेपाल नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा बालुवाटारमा सांगीतिक साँझ भएको हो।

राष्ट्रिय मिडियाका सम्पादकसँगको अन्तरक्रियापछि प्रधानमन्त्री केपी ओली सांगीतिक साँझमा सहभागी भएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

‘यो सारंगी साँझ हो’, थापाले भने, ‘सम्पादकसँगको अन्तरक्रियापछि प्रधानमन्त्रीलगायत अन्य पूर्वप्रधानमन्त्री सांगीतिक साँझमा सहभागी हुनु भएको हो।’

थापाका अनुसार सांगीतिक साँझमा प्रधानमन्त्री ओलीले बजाएको बाँसुरीको धुनमा उपस्थित सबै चकित भएका  थिए। ओलीले बाँसुरी बजाउँदा नेकपा वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनालले सारंगी बजाए।

सारंगी साँझमा नेकपाका शीर्ष नेता र प्रतिष्ठित कलाकार सहभागी थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*