मन्त्रिपरिषद् बैठकमा कोरोनाभाइरसको चिन्ता : चीनबाट ल्याएका नेपालीमा संक्रमण भए के गर्ने ?

‘ क्वारेन्टाइनका लागि सबैभन्दा उपयुक्त स्थान नेपाली सेनाको शिवपुरी ब्यारेक’
वेलकम खबर
माघ २१, २०७६

काठमाडौँ । महामारीका रुपमा फैलिएको नोवल कोरनाभाइरसबारे सोमबारको मन्त्रिपरिषद बैठकमा लामो छलफल भएको छ । त्यसक्रममा अपनाउनुपर्ने आवश्यक सावधानी, चाल्नुपर्ने कदम र नेपालसँगको भएको स्रोतसाधनका बारेमा मन्थन र चिन्तनहरु भए ।

‘अहिले जताततै कोरोनाभाइरसको चर्चा छ । सर्वसाधारण पनि डराएका छन् । नेपालमा संक्रमण फैलन नदिन सतर्कता र सजगता अपनाउन सरकारले के–के काम गर्न सक्छ रु ती सबै उपायहरु अवलम्बन गर्नुपर्छ’, सोमबारको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी ओलीले स्वास्थ्यमन्त्री भानुभक्त ढकालतर्फ हेर्दै भने, ‘यहाँ गर्नुपर्ने तयारीको कुनै कमी नहोस् ।’

प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, ‘कोरोनाको चिन्ता र चासो धेरै भयो । यसबाट जोगिने र जोगाउने कुरामा क्याविनेटमा छलफल भयो ।’

प्रधानमन्त्रीले यति भनेपछि स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चीनबाट नेपाल ल्याउने नेपालीहरुको अवस्था र नेपाल ल्याइसकेपछि उनीहरुलाई राख्ने स्थान ‘क्वारेन्टाइन’ को खोजीबारे भइरहेको प्रगतिको ब्रिफिङ सुनाए ।

त्यस क्रममा कतिपय मन्त्रीले चीनबाट नेपाल ल्याउँदा यदि कसैमा कोरोना भाइरसको संक्रमण भए अरुलाई समेत सर्न सक्ने खतरा रहेकाले त्यसै अनुसारको सावधानी अपनाउनुपर्ने धारणा राखेका थिए । छलफलकै क्रममा चीनबाट ल्याइने १ सय ८० नेपाली विद्यार्थीलाई १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ने भएकाले त्यसको व्यवस्थापन कसरी गर्ने भन्नेमा सबैको चासो रहेको ती मन्त्रीले रातोपाटीलाई बताए ।

‘चीनबाट नेपाल आउन चाहेका नेपालीहरुलाई ल्याउन विमान तयार नै छ । राख्ने स्थान पनि लगभग पक्काजस्तै छ । स्वास्थ्य संस्था र स्वास्थ्यर्मीहरुको टोली अलर्टजस्तै राखिएको छ’, मन्त्री ढकालले चीनमा रहेका नेपालीहरु अहिलेसम्म सुरक्षित रहेको त्यहाँका अधिकारीहरुसँगको संवादका क्रममा आफूले पाएको बताएका थिए ।

‘चिनियाँ सरकारका प्रतिनिधिहरुसँग पनि परराष्ट्रमार्फत बारम्वार कुराकानी भइरहेको छ । त्यहाँ रहेका नेपालीहरु सुरक्षित र निगरानीमै छन् । आत्तिनुपर्दैन भन्ने रिपोर्ट छ’, मन्त्री ढकालले ब्रिफिङ गर्दै भने, ‘चीनमा रहेका नेपालीहरु निगरानीमै रहेको र बरु ल्याउने क्रममा बाटोमा जोखिम बढ्ने खतरा भएकाले के गर्ने भन्ने चिन्ता छ ।’ चीनमा कोरोनाको संक्रमण भएका शहरहरुमा कसैलाई पनि बाहिर निस्कन दिइएको छैन ।

उनको यो प्रश्नपछि मन्त्रिपरिषदका सदस्यहरु एकछिन अलमलमा परे ।

त्यस क्रममा कतिपय मन्त्रीले चीनबाट नेपाल ल्याउँदा यदि कसैमा कोरोना भाइरसको संक्रमण भए अरुलाई समेत सर्न सक्ने खतरा रहेकाले त्यसै अनुसारको सावधानी अपनाउनुपर्ने धारणा राखेका थिए ।

छलफलकै क्रममा चीनबाट ल्याइने १ सय ८० नेपाली विद्यार्थीलाई १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ने भएकाले त्यसको व्यवस्थापन कसरी गर्ने भन्नेमा सबैको चासो रहेको ती मन्त्रीले रातोपाटीलाई बताए ।

ढकालको यो प्रश्नपछि चिनियाँ अधिकारी र विशेषज्ञहरुसँग थप छलफल गरेर सोही अनुसार अघि बढ्नुपर्ने निर्णयमा पुगेर मन्त्रिपरिषद बैठक सकिएको थियो ।

मन्त्रिपरिषद बैठकमा स्वास्थ्य मन्त्री ढकालले विभिन्न पक्षसँगको छलफलका आधारमा अहिलेसम्म क्वारेन्टाइनका लागि सबैभन्दा उपयुक्त स्थान नेपाली सेनाको शिवपुरी ब्यारेक ठानिएको र त्यसैअनुसार व्यवस्थापनको कार्य भइरहेको जानकारी गराएका थिए ।

विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले निमोनिया गराउने नोवलकोरोना भाइरसको संक्रमणलाई अन्तर्राष्ट्रिय महामारी घोषणा गरेसँगै नेपालमा पनि यसको त्रास बढेको हो । सबैभन्दा बढी जोखिम रहेको चीनको वुहानलगायत क्षेत्रबाट नेपालीहरुलाई फिर्ता ल्याउने नेपाल सरकारले यसअघि नै निर्णय गरिसकेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार वुहानबाट ६२ सहित हुवेई प्रान्तका अन्य मुख्य सहरबाट १ सय ८० विद्यार्थीलाई ल्याउन लागिएको सोमबार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठका अनुसार चीनबाट ल्याइने नेपालीहरुलाई क्वारेन्टाइनमै राख्नुपर्छ ।

त्यसका लागि अस्पतालहरुमा आइसोलेसन वार्डको व्यवस्थापन गर्न निर्देशन दिइसकेको समेत मन्त्रालयले जनाएको छ ।

नेपालीलाई स्वदेश ल्याउनुअघि चीनमा स्वास्थ्य परीक्षण स् संक्रमण देखिएकाहरुलाई चीनमै राखेर उपचार गरिने चीनमा रहेका नेपालीलाई स्वदेश फर्काउने तयारी तीव्र स् यस्तो छ सरकारको गृहकार्य प्रवक्ता श्रेष्ठका अनुसार क्वारेन्टाइन स्थल बस्तीबाट कति टाढा हुनुपर्ने र त्यहाँ दुई सातासम्म अन्य व्यक्ति सम्पर्कमा नआउने गरी राख्न कस्ता सुविधा हुनुपर्ने लगायत विषयमा मन्त्रालयका पदाधिकारीबीच छलफल जारी रहेकाले मंगलबार बेलुकासम्म त्यसबारे ठोस धारणा तय हुनेछ ।

मन्त्रिपरिषद बैठकमा स्वास्थ्य मन्त्री ढकालले विभिन्न पक्षसँगको छलफलका आधारमा अहिलेसम्म क्वारेन्टाइनका लागि सबैभन्दा उपयुक्त स्थान नेपाली सेनाको शिवपुरी ब्यारेक ठानिएको र त्यसैअनुसार व्यवस्थापनको कार्य भइरहेको जानकारी गराएका थिए ।

त्यस क्रममा उनले क्वारेन्टाइनमा रहनेहरूको संक्रमण, ज्वरो आदिको नियमित परीक्षण गर्नुपर्ने र दुई सातासम्म त्यसरी राख्दा ज्वरो तथा संक्रमणको लक्षण देखिए क्वारेन्टाइनबाट हटाएर टेकुको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार गरिने प्रबन्ध मिलाएको बताएका थिए ।

कोरोना संक्रमणबाट चीनमा ४ सय २५ जना र चीन बाहिर फिलिपिन्समा एक जनाको मृत्यु भइसकेको छ । चीनबाहेक नेपाल, भारत, श्रीलंका, थाइल्यान्ड, जापान, भियतनाम, कोरिया, अस्ट्रेलिया, सिंगापुर, मलेसिया, कम्बोडिया, फिलिपिन्स, अमेरिका, क्यानडा, फ्रान्स, फिनल्यान्ड, जर्मनी, इटाली, रुस, स्पेन, स्वीडेन, बेलायत र युनाइटेड अरब इमिरेट्समा यसको संक्रमण फेला परेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*