चोरी शिकारी नियन्त्रण समूहलाई सामाग्री वितरण

वेलकम खबर
पुस २६, २०७६

ताप्लेजुङ । सामुदायिक बन उपभोक्ता महांसघ नेपाल  ( फेकोफन ) ताप्लेजुङले चोरी शिकारी नियन्त्रण समूहलाई सामाग्री वितरण गरेको छ ।
मिक्वाखोला ५ साविक पापुङमा रहेको सामुदायिक बन उपभोक्ता समूहद्धारा गठित चोरी शिकारी नियन्त्रण उप समूहलाई चोरी नियन्त्रण गर्न सहयोग पुग्ने सामाग्री शनिवार एक कार्यक्रम गरी हस्तान्तरण गरिएको हो ।


पापुङमा रहेको ६ वटा समूहका प्रत्येक समूहका ८ जनाको दरले ज्याकेट,झोला,जुत्ता र लाईट वितरण गरिएको सामुदायिक बन उपभोक्ता महासंघका अध्यक्ष सुरज ओझाले बताउनुभयो ।  
सामाग्री पापुङको ताङकुमा जिल्ला समन्वय प्रमुख घनेन्द्र मादेन,प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला शसस्त्र प्रहरी बल ताप्लेजुङका प्रहरी नायव उपरीक्षक यदुकुमार कार्की, नेपाल पत्रकार महासंघका अध्यक्ष राजेन्द्र श्रेष्ठले सामाग्री हस्तान्तरण गर्नु भएको थियो ।


तीनजुरे मिल्के जलजले क्षेत्र संरक्षण आयोजनाको ३ लाख ६ हजारको आर्थिक सहयोगमा फेकोफन ताप्लेजुङले सामाग्री वितरण गरेको हो ।
सामाग्री वितरण पछि समन्वय प्रमुख मादेनले संरक्षणमा जुटेर जैविक विविधताको संरक्षण गर्नं सके आर्थिक आय आर्जन मनग्ने हुने धारणा ब्यक्त गर्नुभयो त्यस्तै प्रजिअ निरौलाले जीबजन्तुको संरक्षण गर्न सके पर्यापर्यटनको विकास हुने बताउनुभयो ।
सामाग्री वितरण अघि सो क्षेत्र फेकोफनको आर्थिक सहयोगमा निर्मित पर्यटन मार्गको अनुगमन समेत गरिएको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*