रिड नेपालले ताप्लेजुङका ६ जना विद्यार्थीलाई ७ लाख छात्रवृत्ति प्रदान गर्याे
ताप्लेजुङ । ग्रामिण शिक्षा तथा बातावरण विकास केन्द्र (रिड नेपाल) ताप्लेजुङद्धारा सोमबार (जर्ज व्यान्ड मेमोरियल स्कुलरसिप) छात्रवृत्ति वितरण गरेको छ । रिडको कार्यालयमा आयोजित कार्यक्रममा ६ जना विद्यार्थीलाई ६ लाख ९६ हजार छात्रवृत्ति प्रदान गरिएको हो । आईएस्सिएजी अध्यनरत याम्फुदिनकी निशा गुरुङलाई २ लाख १६ हजार प्रदान गरिएको हो ।
एएनएम अध्यनरत २ जना छेतेनकिपा शेर्पा र लाक्पाफुटी शेर्पालाई जनही १ लाख ३२ हजारका दरले २ लाख ६४ हजार प्रदान गरिएको थियो । दुवै जना लेलेपका हुन् । कर्मश विषय अध्यनरत तेन्जिङ शेर्पा र विनम पाण्डेलाई जनही ७२ हजारका दरले १ लाख ४४ हजार प्रदान गरियो । शेर्पा लेलेपका हुन भने पाण्ेड खेवाङका हुन् । जेटिए अध्यनरत इखाबुका निता राईलाई ७२ हजार प्रदान गरिएको हो । रिड प्रवन्धक राजेन्द्र पन्तले विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरे ।
२०७५ को एसईईमा ल्याएको जीपीए,आदिवासी र पारिवारिक आर्थिक अवस्था लगायतको मापदण्डको आधारमा छात्रवृत्ति प्रदान गरिएको शिक्षा विकास अधिकृत रोमा माबोले जानकारी दिए । जिल्लाको दुर्गम क्षेत्र याम्फुदिन,लेलेप,तापेथोक,इखाबु,खेवाङ र मामाखे लगायत साविकका गाविसस्थित विद्यालयमा शैक्षिक क्षेत्रमा काम गर्दै आएको छ ।



















