तिम्बूङ पोखरी विष्णू पोखरी हुँनै सक्दैन: गाउँपालिका

वेलकम खबर
साउन २३, २०७६

ताप्लेजुङ्को सिदिंवा गाउँपालिकामा अवस्थित तिम्बूङ पोखरीको नामका विषयलाई लिएर सामाजिक सञ्जालमा फैलाईएका टिकाटिप्पणी प्रति आफुहरुको गम्भिर ध्यानाकर्षण भएको सिदिंवा गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष नरवहादुर कडरियाको उपस्थितीमा बुधवार जिल्ला सदरमुकाम फुङ्लिङ्मा आयोजित पत्रकार सम्मेलन मार्फत तिम्बूङ पोखरीलाई विष्णूपोखरी बनाउने भन्ने सामाजिक सञ्जालमा आएका विषयहरु यथार्थ नभई भ्रमात्मक रुपमा सम्प्रेशण गरिएको जनाएको हो ।
पर्यटन विकासको लागि पर्यटकिय सम्भावना बोकेको तिम्बूङ् पोखरीमा गत आर्थिक वर्षमा पर्यटन मन्त्रालय मार्फत ५० लाख र गाउँपालिका मार्फत ५ लाख विनियोजन गरि विभिन्न भौतिक संरचना निमार्ण गर्नुका साथै तेस्रो तिम्बूङ् पोखरी महोत्सव पनि सम्पन्न गरेको गाउँपालिका अध्यक्ष नरवहादुर कडरियाले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष कडरियाले सामाजिक सञ्जालमा आए जस्तो तिम्बूङ पोखरीलाई विष्णू पोखरी बनाउने विषयमा गाउँपालिकाको कुनैपनि सोँच नभएको बताउनुभयो ।  ‘हामीले तिम्बूङ् पोखरीलाई विष्णू पोखरी बनाउने भन्ने विषयमा सोँचेका पनि छैनौँ ।’ गाउँपालिका अध्यक्ष कडरियाले प्रतिवद्धता जनाउँदै भन्नुभयो ‘अवका दिनमा पनि कुनै हालतमा तिम्बूङ् पोखरीको नाम परिर्वतन हुँनै सक्दैन ।’
सो स्थानमा बसोवास गर्ने रैथाने विभिन्न जातजातीहरुको धार्मीक आस्था तथा सांस्कृतिक दृष्टीकोणले महत्वपूर्ण तिम्बूङ पोखरीलाई पर्यटन प्रर्वद्धन गर्ने उद्धेश्यले मात्र भौतिक संरचनाहरु निमार्ण गरेको गाउँपालिकाका उपाध्यक्ष जिवन कुमार ताम्लिङ्ले बताउनुभयो । पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित प्रमुख प्रशासकिय अधिकृत लोक प्रसाद फागो, नेपाल आदिवाशी जनजाती महासंघका अध्यक्ष भद्र बोखिम, किराँत याक्थुङ् चुम्लुङ् ताप्लेजुङ्का अध्यक्ष प्रेम सेलिङ् लगायतको उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*