फुङलिङमा विकास पत्रकारिता तालीम शुरु
ताप्लेजुङ । स्थानीय पत्रकार उत्पादन गर्ने उद्देश्यले ताप्लेजुङमा सोमवार देखि आधारभूत विकास पत्रकारिता तालीम शुरु भएको छ ।
पालिकामा भएको विकासका गतिविधिहरुलाई सञ्चार माध्यम मार्फत सूचना सम्प्रेषण गरी पालिकाहरुलाई विकासमा प्रतिश्पर्धी बनाउने तालीमको उद्देश्य रहेका छ ।
तालीमको उद्धघाटन गर्दै फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरलेले विकासका गतिविधिहरु समाचार माध्यम बढी मात्रामा आउनु पर्ने धारणा ब्यक्त गरेका छन । उनले पालिकाहरुले गरेका राम्रा तथा नराम्रा गतिविधिहरु सम्प्रेषण गरी जनप्रतिनिहरु झक्झाएमा विकासमा थप टेवा पुग्ने समते बताए । नेपाल पत्रकार महासंघका अध्यक्ष राजेन्द्र श्रेष्ठ नगरपालिकाले नयाँ पत्रकार उत्पादनको लागि आर्थिक सहयोग गरेकोमा धन्यवाद दिदै समाजलाई सुसुचित गर्ने सञ्चारकर्मीहरु धेरै उत्पादन गर्नुपर्ने धारणा ब्यक्त गरे । उनले स्थानीय सरकारका काम कारवाही हेर्नका लागि पनि स्थानीय तहमै सञ्चारकर्मी आवश्यक रहेको पनि बताए ।
रेडियो ताप्लेजुङका स्टेशन मेनेजर देवराज गुरुङले आधारभूत विकास पत्रकारिता तालीम जिल्लामा पहिलो भएको बताउदै विकास सम्बन्धी कलम चलाउन आवश्यक रहेका बताए । त्यस्तै प्रेस युनियनका सचिव सिताराम गुरागाईले पत्रकारिताबाट समाज परिर्वतन गर्न आवश्यक रहेको बताउदै विकास पत्रकारिता अहिलेको आवश्कता रहेको बताए ।
उज्यालो पोष्ट दैनिकको आयोजनमा तथा फुङलिङ नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित तालीम ५ दिन सम्म चल्ने छ । फुङलिङ नगरपालिका प्रत्येक वडाबाट एक÷एक जना र अन्य आठ गाउपालिकाबाट एक÷ एक जना गरी १९ जनाको सहभागिता रहेको उज्यालो पोष्ट दैनिक प्रकाशक चन्द्रबहादु पन्दाकले बताए ।
तालीममा कान्तिपुर दैनिकका संवाददाता आनन्द गौतम, नागरिक दैनिकमा संवाददाता खगेन्द्र अधिकारी, पत्रकार महासंघका अध्यक्ष राजेन्द्र श्रेष्ठ,रेडियो ताप्लेजुङका स्टेशन मेनेजर देवराज गुरुङ, रेडियो फक्ताङलुङका स्टेशन मेनेजर आलोक माबोहाङ लगायतले प्रशिक्षण उज्यालो पोष्टका प्रधान सम्पाक खगेन्द्र अधिकारीले बताए ।



















