गुराँसे पोखरी प्रचार प्रसारको पखाईमा

वेलकम खबर
असार १४, २०७६

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउपालिकामा रहेका गुराँसे पोखरी प्रचार प्रसारको अभाबमा ओझेलमा परेको छ ।
मेरिङदेन २ सान्थाक्राको माथिल्लो क्षेत्रमा गुराँसे पोखरी प्रचार प्रसारको अभाबमा ओझेलमा परेको स्थानीयबासीहरु बताउछन ।
गााउपालिकाका प्रबक्ता सुर्यमान बराईलीले गुराँसे पोखरीको मुख्य बिषेशता भनेको पानीको मुहान उद्यो पट्टी रहुन रहेको बताउदै यसको संरक्षणमा सवैले ध्यान दिनुपर्ने बताउछन ।
उनले पोखरीमा आन्तरिका तथा बाहय गाउपालिकामा मानिस समेत गुराँस हेर्दे यो पोखरीमा रमाउने गरेको बताउदै थप पर्यटक भित्रयाउन यसको प्रचार प्रसारमा जोड दिनुपर्ने बताउछन ।
प्रबत्ता बराईलीले गाउपालिकाको मुख्य पर्यटकिय गन्तब्य भनेको गुराँसे पोखरी भएकोले गाउपालिकाले यसको संरक्षण तथा संम्बद्धनको लागि डिपीआर बनाएर अगाडी बढेको बताउदै गुराँसे पोखरीलाई ताप्लेजुङकै उत्कृष्ट पर्यटकिय क्षेत्र बनाउने बताए ।
स्थानीय डम्बर हाङगाम गुराँसे पोखरी मेरिङ्देन बासीकै गौरव भएको बताउदै यसको संरक्षण र अझ सुन्दर बनाउनु सवै लाग्नु पर्ने बताउछन ।
गुराँसे पोखरीको संरक्षण सम्बद्धन तथा प्रचार प्रसार गरी आन्तरिक तथा बाहय पर्यटक भित्रयाउन सकेमा मेरिङदेन गाउपालिका आयश्रोतमा टेवा पुग्ने देखिन्छ त्यसैले यसमा मेरिङनदेन गाउपालिका लगायत सबै सरोकारबालाहरुको ध्यान जान जरुरी देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*