एनसीसीको ४६ औं ब्याजको तालिम सुरु

वेलकम खबर
असार ६, २०७६

ताप्लेजुङ । बिद्यार्थीलाई सैन्य अवधारणाको प्रारम्भिक जानकारी दिने उदेश्यले ताप्लेजुङ सदरमुकामको सेन्टमेरिज आवासीय माविमा शुक्रवारबाट ४६ औं ब्याचको राष्ट्रिय सेवा दल (एनसीसी) को तालिम सुरु भएको छ ।


तालिमको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बिद्यालय तहबाटै पाएको सुरक्षा सम्वन्धी ज्ञान र सीप उसको आगामी जीवनमा निवार्हमुखी हुने आधारको रुपमा रहने बताए ।
उनले सैन्य सुरक्षा सम्वन्धी आधारभूत तहको ज्ञान र सीपसंगै शरीर स्फुर्त र स्वस्थ्य राख्न तथा मेहनेती र कामप्रति प्रतिबद्ध बन्न बिद्यार्थीलाई सघाउने बिश्वास लिए । कार्यक्रममा भीमकाली गुल्ममा कार्यरत प्रमुख सेनानी उमेश श्रेष्ठले तालिमको उपयोगिताका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, डिएसपी सञ्जयसिंह थापा, सशस्त्र प्रहरी बल नं १ गुल्म कञ्चनजंघा हेडक्वाटरका गुल्मपति सशस्त्र डिएसपी श्याममणि ढकाल सहितको उपस्थिति रहेको थियो ।
सेन्टमेरिज आवासीय माविका प्रिन्सिपल दिनेश प्रसाँई(डोलेश्वर)ले बिद्यालय तहमै पाएको सीपलाई व्यवस्थित र उपयोगी बनाउनेतर्फ लाग्न बिद्यार्थीलाई आग्रह गरे । यो तालिम १ सय दिनको हुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*