फेरि पनि ताप्लेजुङको रानी नै भयो पहिलो
ताप्लेजुङ । ताप्लेजुङका ग्रामिण क्षेत्रमा रहेका सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्ने ग्रामिण शिक्षा तथा बातावरणिय विकास केन्द्र (रिड नेपाल)ले यहाँका शिक्षक तथा विद्यालयलाई सम्मान तथा पुरस्कृत गरकोछ ।
शुक्रवार ताप्लेजुङ सदरमुकाम फुङलिङमा कार्यक्रम गरी रिड नेपालले जिल्लाका शैक्षिक सिकाईमा उत्कृष्ठ ५ विद्यालय र तीन शिक्षकलाई रकम सहित पुरस्कृत गरेको हो ।
शैक्षिक गुणस्तर सुधारमा उल्लेखिय भुमिका खेलेका भन्दै ताप्लेजुङ फक्ताङलुङ ३ स्थित रानी आधारभूत विद्यालयलाई यो बर्ष पनि उत्कृष्ठ घोषणा गर्दै नगद ६० हजार सहित सम्मान गरेको छ भने । सुनदेवि मा.वि, इखाबुलाई बेस्ट परफमेन्स अफ स्कुल अवार्ड ५० हजार र पृथ्बी आधारभूत निमावि स्कुललाई स्टार अवार्डद्धारा ३५ हजार नगर र प्रमाणपत्रबाट पुरस्कृत गरिएको रिड नेपालका कार्यक्रम संयोजक राजेन्द्र पन्तले बताए ।
त्यस्तै उत्कृष्ठ शिक्षक अवाड भने रविकला स्कुलकी शिक्षिका सविता तामाङ, रानी आधारभूत विद्यालयका चन्द्रबहादुर तामाङ र सुनदेवि माविका विशाल राई पाएका छन ।
उत्कृष्ठ विद्यालय ब्यवस्थापनकोे अवार्ड भने सिरिजघा गाउपालिका ७का कञ्चनजंघा माध्यमिक विद्यालयल र फक्ताङलुङ ५ सरस्वती आधारभूत विद्यालयले हात पारेको छ ।
जिल्ला समन्वय प्रमुख घनेन्द्र मादेन फक्ताङलुङ गाउपालिका अध्यक्ष सरोज एभेङले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए । प्रमाण पत्र वितरणपछि बोल्दै समन्य प्रमुख मादेनले फक्ताङलुङ र सिरिजंघा मात्र आफनो कार्यक्षेत्र नबनाई जिल्ला भरीका विद्यालयको शैक्षिक क्षेत्र माथि उकास्न अन्य गाउँपालिकामा पनि कार्यक्षेत्र विस्तार गर्न आग्रह गरेका छन । त्यस्तै गाउपालिका अध्यक्ष एभेङले शैक्षिक गुणस्तर सुधार गर्न रिड नेपालले खेलको भुमिका प्रति प्रसंसा गदै अन्य आउदो दिन अझ गाउपालिकासंग समन्वय गरेर काम गर्न आग्रह गर्नुभयो ।
यस अघि लगातार चार पटक रानी आधारभूत विद्यालय नै प्रथम भएको थियो ।



















