आठराई त्रिवेणीलाई फुसको छानोमुक्त पालिका घोषणा गरिदै

वेलकम खबर
असार ३, २०८३

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले आगामी २०८३ साल पुस महिनाभित्र पालिकालाई पूर्ण रूपमा फुसको छानोमुक्त घोषणा गर्ने लक्ष्य लिएको जनाएको छ । गाउँपालिकाले मङ्गलबारदेखि सुरु गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमअन्तर्गत वडा १ निगुरादिनमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू ९दिपेन० ले उक्त घोषणा गर्नुभएको हो ।

अध्यक्ष पोमूका अनुसार पालिकाभित्र रहेका अधिकांश फुसका छाना विस्थापन भइसकेका छन्। हालसम्म गाउँपालिकाभर करिब ५ सय घरधुरीका फुसका छाना हटाएर सुरक्षित तथा व्यवस्थित छाना निर्माण गरिएको छ । अब ७४ घरपरिवारमा मात्र फुसको छानो बाँकी रहेको र ती घरपरिवारको छाना आगामी पुस महिनाभित्र विस्थापन गरिसक्ने योजना रहेको उहाँले बताउनुभयो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै अध्यक्ष पोमूले विकास निर्माणका कामहरू सञ्चालन गर्दा नागरिकको निजी सम्पत्तिमा क्षति नपुग्ने विषयमा गाउँपालिका सचेत रहेको उल्लेख गर्नुभयो । आफूले पूरा गर्न नसक्ने आश्वासन नबाँड्ने र सार्वजनिक रूपमा व्यक्त गरेका प्रतिबद्धता कार्यान्वयन गरेर देखाउने आफ्नो कार्यशैली रहेको उहाँको भनाइ छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*