ताप्लेजुङमा सम्पन्न अन्तर्राष्ट्रिय बुद्धिचालमा सिक्किमका राहुल प्रथम
ताप्लेजुङ, । ताप्लेजुङमा आयोजना गरिएको तेस्रो थेचम्बु याङ्वरक अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा भारत सिक्किमका राहुल गुरुङ प्रथम हुनुभएको छ । पाथीभरा याङ्वरक गाउँपालिकाको केन्द्र थेचम्बुमा आयोजना गरिएको प्रतियोगितामा नेपालका पूर्व च्याम्पियन सुरबीर लामा ९काठमाडौं० लाई पछि पार्दै राहुल प्रथम हुनुभएको हो ।
बुद्धिचालका विजेता राहुललाई पुरस्कार वितरण गर्दै पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष सुब्बा ।
थेचम्बु याङ्वरक अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा प्रथम बन्दै राहुलले ५० हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी हात पार्नुभएको छ । यस्तै प्रतियोगितामा उपविजेता बन्नुभएका सुरबीरले ३५ हजार रुपियाँ र तृतीय बन्नुभएका झापाका प्रकाश नेपालले ३० हजार रुपियाँ नगद पुरस्कार पाउनुभएको छ । प्रथम अर्थात विजेता र उपविजेताको प्राप्ताङ्क भने समान सात रहेको थियो ।
यस्तै महिलातर्फ काठमाडौंकी सुजना लोहनी प्रथम, झापाकी खुस्बु थापा द्वितीय र काठमाडौकै विनिता कपाली तृतीय हुनुभएको छ । भेट्रानमा रामसुरत शाह ९धनुषा० प्रथम, हेराकाजी महर्जन ९काठमाडौं० द्वितीय र जीवन मादेन ९ताप्लेजुङ० तृतीय हुनुभयो । प्रदेश नं। १ स्तरमा दमक झापाका विक्रम सिङ्घक प्रथम, झापा बिर्तामोडका ज्वाला लिम्बू द्वितीय र काँकडभिट्टाका विश्वविजय घिमिरे तृतीय हुनुभएको छ ।
ताप्लेजुङ जिल्लातर्फ भने प्रथम, द्वितीय र तृतीय क्रमशः राजकुमार गुरुङ, रमेश थेबे र हरिकुमार गुरुङ तथा पाथीभरा याङ्वरक गाउँपालिका प्रथम राजकुमार मेन्याङ्बो, द्वितीय किशोर मेन्याङ्बो र तृतीय सरोज मेन्याङ्बो हुनुभयो । बेष्ट अनरेटेटतर्फ दमन सापकोटा ९तेह्रथुम० प्रथम, नरेशकुमार लिङ्देन ९पाँचथर० द्वितीय र प्रशान्त नेपाल ९सिक्किम० तृतीय हुनुभएको थियो ।
गत बैसाख ९ गते सुरु भई १४ गते शनिबार सम्पन्न भएको प्रतियोगितामा भारतको सिक्किम, उत्तर र मध्य प्रदेशसहित नेपालको विभिन्न जिल्लाबाट १०४ जनाले सहभागिता जनाएका थिए । प्रतियोगिताका बिजेतालाई पाथीभरा याङ्वरक गाउँपालिकाका अध्यक्ष केशरकुमार सुब्बा, उपाध्यक्ष रनमाया गुरुङ लगायतले पुरस्कारहरु वितरण गर्नुभएको ताप्लेजुङ बुद्धिचाल सङ्घका उपाध्यक्ष राजकुमार गुरुङले जानकारी दिनुभयो । गुरुङका अनुसार खुल्लातर्फ १३ औं स्थानसम्म ल्याउनेलाई पुरस्कृत गरिएको थियो ।



















