सामाजिक तथा आर्थिक विकासका लागि कनेक्टिभिटीको ठूलो महत्व

चीन पुगेर राष्ट्रपति भण्डारीले गरिन नेपालीमा सम्बोधन
वेलकम खबर
बैशाख १३, २०७६

काठमाडौं । नौ दिने राजकिय भ्रमणमा चीन गएकी राष्ट्रपति विद्यादेवी भण्डारीले चीनमा बीआरआई सम्मेलनलाई नेपालीमा सम्बोधन गरेकी छिन् । बेइजिङमा चलिरहेको दोश्रो बेल्ट एण्ड रोड बीआरआई, अन्तर्राष्ट्रिय सहकार्य शिखर मञ्चमा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गरेकी हुन् ।

विभिन्न ३७ वटा मुलुकका सरकार प्रमुखहरू, संयुक्त राष्ट्र संघका महासचिव र अन्तर्राष्ट्रिय मुद्रा कोषका महानिर्देशक गरी लगभग पाँच हजार सहभागीहरुकाबीच राष्ट्रपति भण्डारीले नेपालीमा सम्बोधन गरेकी हुन् । उनले नेपाल जस्तो भूपरिवेष्टित मुलुकका लागि सामाजिक तथा आर्थिक विकासमा कनेक्टिभिटीको ठूलो महत्व रहेको बताएकी छिन् ।

राष्ट्रपति भण्डारीले बढ्दो कनेक्टिभिटीका कारण व्यापार, लगानी, पर्यटनले अबसरको बाटो खुले जनाएकी छिन् । नेपालको राष्ट्रिय आकांक्षा पनि ‘समृद्ध नेपाल, खुशी नेपाली’को अवधारणा अनुरुप अघि बढेको बताउँदै, सन् २०३० को सहश्राब्दी विकास लक्ष्य प्राप्तिका लागि नेपालले पनि मध्यम आय भएको मुलकमा गणना भइसक्ने बताएकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*