संसदमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ बुधबार

वेलकम खबर
चैत्र ९, २०८२

काठमाडौं । नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा निर्वाचित सासद अर्जुननरसिंह केसीले ज्येष्ठ सदस्यका रूपमा चैत ११ गते शपथ लिने भएका छन् ।

सङ्घीय संसद् सचिवालयले ज्येष्ठ सदस्यका रूपमा केसीको नाम सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा उनलाई शपथ खुवाउने भएका हुन् । बुधबार बिहान ११ बजेर १५ मिनेटमा केसीको शपथ ग्रहण कार्यक्रम राखिएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

केसीले राष्ट्रपतिबाट ११ गते शपथ ग्रहण गरेपछि चैत १२ गते सङ्घीय संसद् भवनमा बाँकी २७४ जना प्रतिनिधिसभा सदस्यलाई शपथ खुवाउने छन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० गरी कुल २७५ जना सदस्य निर्वाचित भएका थिए। तीमध्ये ७८ वर्षीय केसी नेपाली कांग्रेसबाट समानुपातिकतर्फ निर्वाचित भई ज्येष्ठ सदस्यका रूपमा चयन भएका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*