‘तुसारो’ मा गुरुचेलाको भेट
नेपाल आईडल सिजन २ का ट्यालेन्ट हेढ ईन्द्र आर पी र नेपाल आईडलकी गोल्डेन माईक विजेता निलीमा थापा मगरको स्वरमा सजिएको म्यूजिक भिडियो ‘तुसारो’ सार्वजनिक गरिएको छ । गायक इन्द्र आर पी कै सङ्गीत रहेको यस गीतमा संगीत संयोजन उदय राज पौडेलले गरेका छन् ।
अष्ट्रेलियाको ब्रिज्बेनमा रहेको पगोडा क्रियशन प्रडक्शन हाउसको व्यानरमा निर्माण गरिएको सो म्युजिक भिडियोमा अष्ट्रेलिया–ब्रिज्बेनका चर्चित मोडेल मिलन मिश्र र नायिका प्रकृति श्रेष्ठको अभिनय देख्न सकिन्छ । यो गीतमा गुरु चेलीको मिठो स्वर सुन्न सकिन्छ । भिडियो अष्ट्रेलियाको सनसाइनकोष्ट र मलेनी हिन्टरल्याण्डमा खिचिएको छ । भिडियोको छायाङ्कन विनोद केसीले गरेका हुन् ।



















