ताप्लेजुङको मैवाखोलामा तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिवल हुने

वेलकम खबर
बैशाख १०, २०७६

काठमाण्डौ । पर्यटन प्रबद्धनको लागि भलिबल भन्ने मूल नाराका साथ ताप्लेजुङको मैवाखोला गाउपालिकामा “तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिवल प्रतियोगीता २०७६” हुने भएको छ ।
जलजले क्लब साघुको आयोजना तथा मैवाखोला क्लव ढुङ्गेसाघु, न्यू पाथीभरा क्लवफाकुम्बाको सह आयोजनामा वैशाख २२ देखि २६ गतेसम्म प्रगियोगिता हुन लागेको हो । प्रतियोगिता मैवाखोला गाउँपालिका वडा नं ३ साघुस्थित नारायणी माविको खेल मैदानमा हुनेछ । प्रतियोगितामा देशभरका ११ टिमको सहभागिता रहनेछ ।

ताप्लेजुङ जिल्लाको मैवाखोला गाउँपालिकाको व्यवस्थापन, मैवाखोला समाज काठमाडौंको सह–व्यवस्थापन साथै राष्ट्रिय खेलकुद परिषदको विशेष सहयोगमा नेपाल भलिवल संघ र जिल्ला भलिवल संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुने मंगलबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो ।

नेपालका ११ वटा राष्ट्रिय टिमहरु ७ वटा प्रदेश, नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विश्व विद्यालयले सहभागिता जनाउने छन् । प्रतियोगिता लिग कम नकाउटका आधारमा सन्चालन हुनेछ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ३ लाख ५१ हजार ५ सय ५ रुपैयाँ पुरस्कार पाउनेछ । त्यस्तै उपविजेता टिमले १ लाख ७६ हजार २ सय ५१ र सेमीफाईनलका उपविजेता टिमहरुलाई जनही ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

यस प्रतियोगिताको नगद पुरस्कारको प्रायोजन ताप्लेजुङ जिल्ला निवासी हाल काठमाडौंमा बसोवास गर्दै आएका युवा व्यवसायीहरु बलबहादुर तामाङ्, ईश्वरी पौडेल र रमेश बरालले संयुक्त रुपमा गरेका छन् । साथै यस प्रतियोगितामा अन्य प्रयोजकहरुबाट समेत प्रतियोगीतालाई सहयोग हुनेछ । प्रतियोगिता स्थलमा प्रायोजन गर्ने संघ÷संस्था, कम्पनी, तथा व्यक्तीहरुको तुल, व्यानरका साथै होडिङ वोर्ड समेत राखिनेछ ।

राष्ट्रिय फुल लालीगुराँसको राजधानी तिनजुरे, मिल्के, जलजले ९त्ःव्० को काखमा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकिय तिर्थ स्थल तथा आस्थाका देवि पाथिभरा देविको प्रवेशद्धार तथा ताप्लेजुङ जिल्लाको अर्को एक प्रमुख प्रवेशद्धारको रुपमा रहेको मैवाखोला गाउँपालिका प्राकृतिक हिसावले अत्यनतै स्ुन्दर र रमणिय गाँउ हो ।

यो गाँउ धार्मिक, संस्कृतीक, प्राकृतीक स्रोत साधनका हिसावले पनि त्यक्तिकै धनी र सुन्दर रहेको छ । खेलकुदको माध्यमद्धारा पर्यटन प्रवद्र्धन गर्ने साथै नेपालको राष्ट्रिय खेल भलिवललाई प्रवद्र्धन गर्ने लक्ष्य र उद्धेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको हो ।

प्रतियोगितामा विधागत पुरस्कार पनि प्रदान गरिनेछ । जसमा वेस्ट सर्भर, वस्ट डिफेन्डर, वेस्ट ब्लकर, वेस्ट सेटर, वेस्टकुईकर, वेस्ट ओपन स्पाईकर, वेस्ट कोचले जनही ७ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिता सर्वोत्तकृष्ट खेलाडीलाई १५ हजार प्रदान गरिनेछ । प्रतियोगिता प्रत्येक खेलको म्यानअफ द म्याचलाई नगद २ हजार प्रदान गरिने छ । प्रतियोगिताको कुल लागत ३६ लाख ५६ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

प्रतियोगितालाई थप आकर्षक बनाउन स्थानीय जातजातीहरुको सास्कृतीक झाकीहरु प्रर्दशन गर्नुका साथै स्थानीय कलाकारहरुबाट संस्कृतीक मनोरञ्जन समेत प्रदान गरिने छ । प्रतियोतिलाई मर्यादित बनाउन स्वयम सेवकको पर्याप्त व्यवस्था गरिनेछ साथै खेलाडी, रेफ्री, अफिसियल, पत्रकार, तथा अतिथीहरुको खाना तथा वासको विशेष ध्यानदिई स्थानीय होटल तथा होम स्टेमा व्यवस्था गरिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*