कारागारमा ४२ कैदीबन्दीले गरे मतदान
वेलकम खबर
फाल्गुन २१, २०८२
ताप्लेजुङ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तरर्गत ताप्लेजुङ सदरमुकाम फुङलिङ जिल्ला कारागारमा कैदीबन्दीका लागि गरिएको मतदान सम्पन्न भएको छ । कारागारमा रहेका कैदीबन्दीमध्ये मतदाता नामावलीमा समावेश ४२ जनाले मतदान गरेका छन्।
कारागारमा रहेको अस्थायी मतदान केन्द्रबाट ३३ जना कैदीबन्दीले मतदान गरेको मतदान अधिकृत जानकारी दिए ।



















