ताप्लेजुङमा निर्वाचनकालागि १९ वटा एम्बुलेन्स तयारी अवस्थामा
ताप्लेजुङ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनकालागि जिल्लामा १९ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइका अनुसार हरेक पालिकामा रहनेगरीको व्यवस्थापन मिलाइएको छ ।
सदरमुकाम फुङलिङमा ८ वटा एम्बुलेन्स रहने छ । मेरिङदेन, पाथीभरा याङवरक, आठराईत्रिबेणी र सिरिजङगा गाउँपालिकामा एकरएक वटा राखिने छ । मैवाखोला, मिक्वाखोला फक्ताङलुङ र सिदिङवा गाउँपालिकामा दुईरदुई वटा रहने छन् ।
सम्बन्धित पालिकामा रहेका एम्बुलेन्सलाई त्यही अनुसारको व्यवस्थापन गरिएको व्यवस्थापन समितिले जनाएको छ ।फुङलिङ नगरपालिकामा राखिने एम्बुलेन्सले नगरपालिका भित्रका ११ वटा वडा र आवश्यकता अनुसार जिल्लाका अन्यपालिकाहरुमा परिचालन गर्ने तयारी रहेको व्यवस्थापन समितिका सचिव एवं जनस्वास्थ्य अधिकृत सचिव रेग्मी बताउँछन् । जिल्लामा नौ स्थानीय तह र ६१ वटा वडा रहेको छ ।



















