ओली पक्षलाई २८ अध्यक्ष ११ सचिव, नेपाल पक्षलाई १६ अध्यक्ष २२ सचिव

यसरी मिल्यो जिल्ला नेतृत्वमा ओली-नेपाल भागवण्डा
वेलकम खबर
बैशाख १०, २०७६

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को जिल्ला नेतृत्व टुङ्ग्याउने विषमया लामो माथापच्ची भयो।

तीन महिनामा सक्ने भनिएको सांगठनिक एकता टुङ्गिनै एघार महिना लाग्यो। अन्तत: सोमबार नेकपाले जिल्ला कमिटी अध्यक्ष र सचिव टुङ्गो लगाएको छ। साविकको माओवादीतर्फ प्रचण्ड एक्लैले नाम टुङ्ग्याएपनि साविकको एमाले तर्फ अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षबीच नाम टुङ्गयाउन लामै घम्साघम्सी चल्यो।

तर आइतबार साविकको एमालेतर्फ आफूले नेतृत्व पाउने जिल्लामा विगतमा निर्वाचित अध्यक्षलाई नेतृत्व दिने र नेतृत्व नपाएका जिल्लामा अध्यक्षलाई सचिव बनाउने गरी सहमति जुट्यो।

सोमबार घोषणा भएको ७७ जिल्ला कमिटीमध्ये साविकको एमालेले ४४ जिल्ला पर्‍यो। पूर्व माओवादीले ३३ जिल्लाको नेतृत्व पाएको छ।

४४ जिल्लामध्ये पनि ओली पक्षले २८ जिल्लामा नेतृत्व पाएको छ। माधव नेपाल पक्षले भने १६ जिल्लामा मात्र नेतृत्व पाएको छ।

त्यस्तै ३३ सचिव भागमा आएकोमा ओली पक्षले ११ छन् भने माधव नेपाल पक्षका २२ छन्। समग्रमा हेर्ने हो भने ७७ जिल्लामध्ये ३९ मा ओली पक्षले अध्यक्ष र सचिवमध्ये एक पद पाएको छ। त्यस्तै ३८ जिल्लामा माधव नेपाल पक्षले अध्यक्ष र सचिवमध्ये एक पदमा आफ्नो पक्षको ठाउँ सुरक्षित बनाएको छ।

माधव नेपाल पक्षका अध्यक्ष

राम राना – इलाम

लक्ष्मण तिवारी – तेह्रथुम

हेमराज घिमिरे – संखुवासभा

रेवती पन्थ – सर्लाही

कमल यादव – रौतहट

प्रभु हजारा – पर्सा

मुनु सिग्देल – मकवानपुर

कर्न्याल तमाङ – रसुवा

झम्क नेपाल – सिन्धुपाल्चोक

इन्द्रलाल सापकोटा – बागुलङ

तुलसी राम शर्मा – प्युठान

टिकाराम खड्का – दाङ

ध्रुव शाही – सुर्खेत

दत्तबहादुर रोकया – डोल्पा

शेरबहादुर कुँवर – अछाम

रतन थापा – कैलाली

केपी ओली पक्षका अध्यक्ष

राजकुमार भण्डारी – पाँचथर

चिन्तन पाठक – झापा

विनोद ढकाल – मोरङ

राजेन्द्र राई – धनकुटा

प्रेमकुमार राई – भोजपुर

मनवीर राई – सोलुखुम्बु

राजकिशोर यादव – धनुषा

इश्वरचन्द्र पोखरेल – दोलखा

भूमी त्रिपाठी – धादिङ

कृष्ण राई – काठमाडौं

बचन देउजा – भक्तपुर

हरिकृष्ण ब्यन्जनकार – ललितपुर

कृष्ण थापा – कास्की

केदार सिग्देल – तनहुँ

रोशन गाहामगर – पूर्व नवलपरासी

चन्द्रमोहन गौचन – मुस्ताङ

पाल्देन छोपाङ गुरुङ – मनाङ

मधुकृष्ण पन्त – गुल्मी

चेतनारायण यादव – अर्घाखाँची

नारायण आचार्य – पाल्पा

शिवराज सुवेदी – रुपन्देही

झविलाल पोखरेल – कपिलवस्तु

रविन्द्र शर्मा – दैलेख

गोविन्द पुन – सल्लयान

कालिबहादुर शाही – बाजुरा

चक्र मल्ल – डोटी

सुरेन्द्र पाल – बैतडी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*