नेकपाको , जिल्ला नेतृत्व र पोलिटब्युरोको घोषणा भोलि गरिंदै

वेलकम खबर
बैशाख ८, २०७६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले ७० औं पार्टी स्थापना दिवश मनाउने भएको छ । वैशाख ९ गते सोमबार (भोली) प्रज्ञाभवन कमलादीमा पार्टीको स्थापना दिवश मनाउन लागिएको हो ।

पार्टी स्थापना दिवशको अवसरमा आयोजना गरिएको कार्यक्रममा पार्टी एकता प्रकृयालाई टुङ्गो लगाएर जिल्ला नेतृत्व र पोलिटब्युरोको घोषणा गर्ने तयारीमा समेत नेकपा छ ।

अघिल्लो बर्ष वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसका दिन पार्टी एकताको सन्देश दिन नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त रुपमा सभा आयोजना गरेका थिए । त्यसको एक महिनापछि दुई पार्टी बीच एकता भएको थियो। अघिल्लो बर्ष नै पहिलो पटक तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रले संयुक्त रुपमा स्थापना दिवस मनाएका थिए।

भोली हुने कार्यक्रमका उपस्थितीका लागि नेकपाले पार्टीका नेता कार्यकर्तालाई पत्राचारसमेत गरिसकेको छ ।

भोली हुने कार्यक्रममा जिम्मेवारी तोक्नका लागि ने क पाले ७७ वटा जिल्ला अध्यक्ष र सचिवहरुको नाम तथा पोलिटब्युरो सदस्यको नाम आज दिनभरमा टुंग्याउने गरी पार्टीका दुई नेतालाई जिम्मा दिइएको छ ।

आज विहान बालुवाटारमा पार्टीका दुई अध्यक्षबीच छलफल भएको थियो। छलफलमा पार्टीका तल्लो तहसम्म एकताको लागि सैद्धान्तिक आधार तय गरेको छ । आजै साँझ पाँच बजे पार्टीका दुई अध्यक्ष पुनः छलफलमा जुट्ने र ६ बजे पार्टीको सचिवालय बैठक बसी नाम टुंगो लगाउने सहमति भएको बताइएको छ ।

ने क पाको ७७ वटा जिल्ला कमिटी, उपत्यका विशेष जिल्ला कमिटी, मजदुर, विद्यार्थी, सम्पर्क समन्वय कमिटीको नेतृत्व टुंगो लाग्न बाँकी छ। त्यस्तै पोलिटब्युरोसमेत गठन हुन सकेको छैन। आज साँझ बस्ने सचिवालयको बैठकमा ने क पाका दुई अध्यक्षले पदाधिकारीको अन्तिम प्रस्ताव तयार पेश गर्ने छन्।

यसैबीच ने क पाले जिल्लाको अधिवेशन तीन महिनाभित्र गरिसक्ने गरी योजना तयार गरेको छ । जिल्ला नेतृत्वको भागबन्डा गर्दा पूर्व एमालेले ४५ र पूर्व माओवादीले ३२ जिल्लाको नेतृत्व पाउने गरी सहमति भएको छ ।

त्यस्तैगरी नेतृत्वमा पनि पूर्व एमालेले अध्यक्ष पाएको जिल्लामा पूर्व माओवादी केन्द्रले सचिव र पूर्व माओवादी केन्द्रले अध्यक्ष पाएका जिल्लामा पूर्व एमालेले सचिवको जिम्मेवारी पाउने छन्। पूर्व एमालेभित्र जिल्ला नेतृत्वमा झण्डै ओली र नेपाल समूहबीच बराबरीको भागबन्डा गरेर मिलाउने सहमति छ ।

यसैबीच ने क पाले करिब १५० सदस्यीय पोलिटब्युरोसमेत गठन गर्ने छ । केन्द्रीय सदस्यको एक तिहाई सदस्य रहने गरी पोलिट ब्यूरो गठनगर्न लागिएको हो ।

ने क पाले सोमबार अप्रिल २२ लेनिन जयन्ती र नेपाल कम्युनिस्ट पार्टीको ७० औँ स्थापना दिवस मनाउँदै छ । सोही कार्यक्रममा जिल्ला अध्यक्ष र सचिवका साथै पोलिटब्युरो सदस्यहरुको नाम सार्वजनिक गर्ने तयारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*