ताप्लेजुङमा चुनाव प्रचार–प्रसार अभियान तीव्र,उम्मेदवारहरु डोर–टु–डोर भेटघाटमा

वेलकम खबर
माघ २७, २०८२

ताप्लेजुङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि ताप्लेजुङमा चुनाव प्रचार–प्रसार अभियान तीव्र पारिएको छ । उम्मेदवारले मतदाता भेटघाट, घर–घर प्रचार र पार्टीको कार्यालयहरूमा दिन दिनै भिड बढ्न थालेको छ ।
उम्मेदवारहरु जनतासँग घर,घर टोल टोलमा भेटघाट गर्दै आ आफनो विकासको एजेण्डा प्रस्तुत गर्दै भोट मागिरहेको छन ।
नेपाली कांग्रेसका गजेन्द्रप्रसाद तुम्याहाङ, नेकपा एमालेका  क्षितिज थेबे, नेपाल कम्युनिस्ट पार्टी  खेलप्रसाद बुडाक्षेत्री (पराग) राष्ट्रिय स्वतन्त्र पार्टीका बिरेन्द्र श्रेष्ठ भ्रष्टाचार उन्मूलन र नयाँ नेतृत्व शैली प्रमुख एजेण्डा उठाएर घरदैलो अभियान गरी रहेका छन ।

अन्य दलको राष्ट्रिय प्रजातन्त्र पार्टीका इन्द्रप्रसाद थापा,श्रम संस्कृति पार्टी  सन्तोष राई , मंगोल नेसनल अर्गनाइजेसन सन्तबहादुर लिम्बू , जसपाबाट अरुण लेछर्बो जसपा नेपालबाट सूर्य तमु नेपाल जनमुक्ति पार्टीबाट इन्द्रकुमार थलङ लगायत पनि आ आफनो प्रचार प्रसारमा जुटेका देखिन्छ ।
ताप्लेजुङ निर्वाचनको लागि ८० मतदान स्थलमा १२७ मतदान केन्द्र तोकिएका छ भने ती मध्ये २८ लाई अति सम्बेदनशिल मानिएको छ । निर्वाचनका लागि ९० हजार ३२७ मतदाता रहेको छन ।
उम्मेदवारले पनि दर्ता गराएका छन् । ताप्लेजुङमा  १३ जना उम्मेदवार चुनावी मैदानमा छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*