५५ पदकका साथ मैवाखोला पहिलो,आठराई त्रिवेणी दोश्रो हुदाँ फक्ताङ्लुङ शुन्य

वेलकम खबर
माघ २६, २०८२

ताप्लेजुङ । सिंदिवा गाउँपालिकाको केन्द्र साब्लाखुमा सम्पन्न १६ औँ राष्ट्रपति रनिङ शिल्ड अन्तरपालिका स्तरीय प्रतियोगितामा मैवाखोला गाउँपालिका प्रथम बनेको छ।
२३ स्वर्ण, २० रजत र १२ कास्य  गरी कुल ५५ पदकका साथ मैवाखोला प्रथम बनेको हो। जिल्लाको आठराई त्रिवेणी गाउँपालिका दोस्रो भएको छ । आठराई त्रिवेणीले ४७ पदक जितेको छ। १३ स्वर्ण १३रजत र २१ कास्य आठराई त्रिवेणीले आफ्नो नाममा गराउन सफल रह्यो।  ४२ पदक जितेको फुङ्लिङ नगरपालिका तेस्रो बन्यो ।
फुङ्लिङले ११ स्वर्ण ,८ रजत र २३ काश्य हात पारेको हो। त्यस्तै प्रतियोगिता समन्वयको भूमिका निर्वाह गरेको सिंदिवा गाउँपालिका चौथो बनेको छ । उक्त गाउँपालिकाले ३७ पदक आफ्नो नाममा गर्न सफल रह्यो। ९ स्वर्ण, १२ रजत र १६ कास्य सिंदिवाले जित्यो ।
पाँचौं बनेको मेरिङदेन गाउँपालिकाले कुल १५ पदक जित्दा चार स्वर्ण, ५ रजत र ६ काश्य जित्न सफल रह्यो। २५ पदक जोडेको मिक्वाखोला गाउँपालिका छैठो बन्यो । उक्त गाउँपालिकाले तीन स्वर्ण, ५ रजत र १७ काश्य जितेको हो।
सिरिजङ्घा गाउँपालिका प्रतियोगितामा सातौँ बनेको छ।सिरिजङ्घाले दुई स्वर्ण ,एक रजत र ५ काश्य गरि ९ पदक जित्न सफल भयो । ८औँ बनेको पाथीभरा याङवरक गाउँपालिकाले १ स्वर्ण, दुई रजत र दुई काश्य गरी जम्मा ५ पदक जित्न सफल भयो।अन्तिम तथा नवौँ बनेको फक्ताङलुङ गाउँपालिका स्वर्ण, रजत र काश्य विहीन रह्यो।
जिल्लाका नौ वटै पालिकाका विभिन्न विद्यालयहरू सहभागी रहेका थिए । प्रतियोगितामा कुल २ सय ३४ पदकका लागि स्पर्धा भएको आयोजक जिल्ला खेलकुद विकास समिति ताप्लेजुङका अध्यक्ष गणेश माबोले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*