अन्तरिक्ष कक्षमा सुरक्षित पुग्यो नेपाली भूउपग्रह

वेलकम खबर
बैशाख ७, २०७६

नेपालाको पहिलो भूउपग्रह ‘नेपाली स्याट–१’ अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष (आइएसएस) मा पुगेको छ । नासाका अनुसार नेपाली भूउपग्रहसहितको कार्गो शुक्रबार दिउँसो ३ बजेर १२ मिनेटमा अन्तरिक्ष कक्षमा सुरक्षित रुपमा डक भएको छ । नासाले त्यसको प्रत्यक्ष प्रसारणसमेत गरेको थियो ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र जापानको क्युसु इन्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) को सहकार्यमा निर्मित भूउपग्रह बिहीबार राति २ः३१ अन्तरिक्षतर्फ पठाइएको थियो । समाचार नयाँ पत्रिका दैनिकले प्रकाशित गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*