ताप्लेजुङ मै पहिलो पटक मुत्रथैलीको पत्थरको सफल शल्यक्रिया

वेलकम खबर
बैशाख ६, २०७६

हिमाली जिल्ला ताप्लेजुङ मै पहिलो पटक मुत्रथैलीमा रहेको पत्थरको सफल शल्यक्रिया गरिएको छ । जिल्ला अस्पताल ताप्लेजुङमा विहिवार विहान डाक्टर महेश्वर गोर्साईको नेतृत्वको टोलीले जिल्लाकै मिक्वाखोला गाउँपालिका खोक्लीङका एक ३५ वर्षिय पुरुषको सफल शल्यक्रिया गरेको हो ।

 

अस्पतालका निमित्त प्रमुख डाक्टर सर्णिम लामाका अनुसार शल्यक्रियाका लागि करिव २ घण्टा समय लागेको थियो । सिस्टोलिथोटोमि बिधिबाट ठुलो रुद्राक्षको दाना जत्रो पत्थर निकालिएको अस्पताल प्रशाशनले जनाएको छ । यसभन्दा अघि यस्तो शल्यक्रिया ताप्लेजुङमा भएको थिएन ।

 

अवका दिनमा भने यस्तो खालको शल्यक्रिया जिल्लामा नै गर्न सकिने निमित्त प्रमुख लामाले बताए । “मुत्रथैलीमा रहेको पत्थरको सफल शल्यक्रिया गरेका छौँ ।” निमित्त प्रमुख लामाले भने “मृर्गौलामा भएकोलाई शल्यक्रिया गर्ने प्रविधि हामीकहाँ छैन तर मुत्रथैलीको चाहिँ गर्न सक्छौँ ।”

हाल ति पुरुषको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताईएको छ । शल्यक्रिया टोलीमा डाक्टर महेश्वर गोर्साईका साथै डाक्टर असोक कुमार यादव, डाक्टर सर्णिम लामा लगायत समावेश थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*