माघ १० गते शनिवार ताप्लेजुङेहरू वनभोजमा रमाउने
काठमाडौँ । ताप्लेजुङको प्रचार प्रसार गर्ने र भाइचारा वृद्धि गर्ने उद्देश्यले आँउदो शनिवार किर्तिपुरको हुप्पी ल्याण पार्कमा ताप्लेजुङेहरू बृहत्तर भेला हुदै छ । हुप्पील्याण पार्कमा ताप्लेजुङ सरोकार केन्द्रको आयोजनामा १४ औ वनभोज भोज आयोजना गरी सबैलाई एक आपसमा भेटघाट गर्ने अवसर जुराएको हो ।
ताप्लेजुङ जिल्ला प्रतिको आत्मीयता, साझा पहिचान तथा आपसी सद्भावलाई संस्थागत रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले ताप्लेजुङ सरोकार केन्द्रले आयोजना गर्न लागेको बनभोजको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष बलबहादुर तामाङ जानकारी दिएका छन ।
ताप्लेजुङ सरोकार केन्द्रले काठमाडौँमा पत्रकार सम्मेलन गरी कार्यक्रमलाई व्यापक सहभागितासहित सफल बनाउन सबै ताप्लेजुङवासी सम्म टिकट सहज र समयमै पुर्याउनु काम सम्पन्न भएको पत्रकार सम्मेलनमा जानकारी दिए ।
अध्यक्ष तामाङले ताप्लेजुङेहरू एक आपसमा भेटघाट तथा जिल्लाको विकास निर्माणका बारेमा समेत छलफल गर्ने उद्देश्यले आयोजना हुन लागेको बनभोजको तयारी पुरा भएको बताएका हुन त्सस्तै संस्थाको कोषाध्यक्ष तथा वनभोज संयोजक लोजक लामा लुईटले बनभोजका लागि खानपिन टिकट, गाडी तथा विभिन्न सांस्कृतिक, प्रचार प्रसार लगायत सबै तयारी पुरा भएको बताए ।
वनभोजमा ताप्लेजुङ जिल्लाको बहुजातीय तथा बहुसांस्कृतिक पहिचान झल्काउने तामाङ सेलो डम्फु, च्याब्रुङ, स्याफ्रु, साकेला , कौडा, गुरुङ नृत्य, लाखे नाच लगायत विविध सांस्कृतिक प्रस्तुतिहरू समावेश गरिने छन् । साथै चियर रेस, डोरी तान, छेलो हान्ने, घैँटो फुटाउने जस्ता मनोरञ्जनात्मक खेलकुद कार्यक्रमसमेत आयोजना गरिने सरोकार केन्द्रका उपाध्यक्ष सन्तोष मादेनले जानकारी दिए ।
उता यातायात उपसमितिका संयोजक चुडामणि गिरीले हुप्पील्याण सम्म लान र ल्याउनका लागि सवारी साधन बुक भई सकेको जानकारी दिए । त्सस्तै खाद्य उप समितिका संयोजक लोकमणि मेन्याङबो पिकनिकमा खानका लागि मिठो स्वास्थ्य परिकार बनाइने सोको लागि टेन्डर आव्हान समेत सम्पन्न गरेको बताए ।
माघ १० गते शनिवार हुप्पील्याणमा हुने नेपालकै ठूलो बनभोजमा करिब ५ हजार भन्दा बढी ताप्लेजुङेहरू सहभागिता हुने समेत आयोजकले जनाएका छ ।



















