कञ्चनजङ्गा सहकारीमा पुन यवागु

मदन गौतम
पुस २७, २०८२

ताप्लेजुङको कञ्चनजङ्गा सामुदायिक बहुमुखी सहकारी संस्थाको अध्यक्षमा पुन चन्द्र कुमार यवागु सर्वसम्मत चयन हुन भएको छ । आज सम्पन्न २२ औ साधारण तथा अधिवेशनले यवागुलाई अध्यक्षमा निर्वाचित गरेको हो । सञ्चालक समितिमा उपाध्यक्ष दिलकुमार मेन्याङबो ,सचिव अस्मिता सावा ,कोषाध्यक्ष डिकमाया राई ,सदस्यहरू टेकनाथ अधिकारी, खड्गविक्रम सुवेदी ,नन्दकुमार बानियाँ, चित्रकुमारी चम्सु इन्द्रबहादुर गुरुङ निर्वाचित हुनु भएको नवनिर्वाचित अध्यक्ष यवागुले बताउनुभयो । त्यसैगरी लेखा समितिमा रोशन श्रेष्ठ संयोजक टङ्कप्रसाद पौडेल सदस्य र रामकुमारी सुब्बा चयन हुनुभएको छ। सहकारीको विधान अनुसार सञ्चालक समितिको कार्यकाल ४ वर्षको हुने सहकारीले जनाएको छ । सहकारी संस्थाले लिमिटेड ले २० लाख ७१ हजार ४ सय ९ रुपैयाँ नाफा कमाएको छ।  सहकारी संस्थाले  १ करोड ६५ लाख ६ सय २५ रुपैयाँ आम्दानी गर्दा १ करोड ४५ लाख  २ सय १६ रुपैयाँ खर्च भएको सहकारीले जनाएको छ । सहकारीमा २ हजार ७ सात ३३ जना सेयर सदस्य रहेका छन्। जसमा १ हजार ७ सय ४४ महिला र ९ सय ८९ जना महिला सेयर सदस्य रहेका सहकारीले जनाएकोछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*