ताइवानमा भूकम्प, जापान र फिलिपिन्समा धक्का महसुश
हुवालियन । ताइवानमा हुवालियन प्रान्तको तटीय क्षेत्रलाई केन्द्रबिन्दु बनाएर आज (बिहिबार) बिहान ६.१ म्याग्नेच्युडको भूकम्प गएको छ।

ताइवानका विभिन्न भागमा भूकम्पको धक्का महसुस गरिएपनि हाल सम्म कुनै मानवीय र भौतिक क्षतिको रिपोर्ट नआएको ग्लोबल न्यूजले जनाएको छ। तर स्थानीय टेलिभिजनहरुले लडेका घर, दौडीरहेका मानिसहरुको दृश्य देखाइरहेका छन् ।
भूकम्पपछि ताइवानका रेल र सडक मार्गहरु प्रभावित भएको छ। सरकार अधिकारीहरुले स्थानियहरुलाई सुरक्षित स्थानमा बस्ने आग्रह गरेका छन्।
उक्त भूकम्पको धक्का जापान र फिलिपिन्समा पनि महसुश गरिएको जनाइएको छ ।



















