ताप्लेजुङको मिक्वाखोला थलङमा आगामी मङ्सिर १८ गतेदेखि फुटबल हुने

मदन गौतम
मंसिर ६, २०८२

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका ४ थलङमा चासोक तङनाम पर्वको अवसरमा आगामी मङ्सिर १८ गतेदेखि २२ गतेसम्म तेस्रो आमन्त्रित खुला क्लब स्तरीय पुरुष फुटबल प्रतियोगिता हुने भएको छ। शनिबार थलङ स्पोर्टिङ क्लबले पत्रकार सम्मेलन मार्फत फुटबल प्रतियोगिताबारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा मिक्वाखोला गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्की क्लबका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो। प्रतियोगिताका विजेता प्रतियोगिताको विजेताले १ लाख ५२ हजार  र उपविजेताले रु १ लाख रुपैयाँ साथै ट्रफी मिडल प्रमाण पत्र पाउने आयोजक क्लबका अध्यक्ष मणिकुमार थलङले बताउनुभयो। प्रतियोगितामा विधागत पुरस्कार ट्रफी मेडल प्रमाण पत्र प्रदान गरिने बताइएको छ। खेल संयोजक तथा राष्ट्रिय रेफ्री बिके थलङ्रका अनुसार जिल्ला बाहिरका दुईवटा क्लब र जिल्लाका आठ वटा क्लबको सहभागिता रहने छ।  प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गर्न करिब १२ लाख देखि  १६ लाख सम्म खर्च हुने आयोजकले अनुमान गरेको छ । उक्त कार्यक्रमका लागि गाउँपालिकाले २ लाख र स्थानीय समाजसेवी बुद्धिजीवी र देशविदेशमा रहेका व्यक्तिहरूबाट सहयोग प्राप्त हुने अपेक्षा आयोजकले लिएको छ । उक्त कार्यक्रममा मौलिक परम्परागत कला संस्कृति च्याब्रुङ नाच धान नाँच पालन झाँकीको प्रस्तुति रहने आयोजकले बताएको छ। 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*