दुतावास नेपाली सामुदायिक संस्थालाई अभिभाकत्व दिदै
एडिण्बरा स्कट्ल्याण्ड । बेलायतका लागि नेपाली कार्यवाहक राजदूत बिपिन दुवाडी र हिमालयन सेन्टर आर्ट एण्ड कल्चरसँग संस्थाको संरक्षण तथा विकासका लागि नेपाली दूतावास समुदाय बीच संयुक्त छलफल कार्यक्रम सम्पन्न भएको छ । समितिका अध्यक्ष मनिश खत्रीको अध्यक्षतामा बसेको बैठकको सञ्चालन समितिकी निर्देशक कमला श्रेष्ठले गरेकी थिइन।
हिमालयन सेन्टर हाम्रो पहिचान, कलासंस्कृति र सामुदायिक कल्याण प्रमुख आधार रहेको र यसलाई दिगो, सक्षम र समुदाय केन्द्रित बनाउने मार्ग खोज्न दूतावाससँग यो संवाद अत्यन्त महत्वपूर्ण रहेको जानकारी स्थानीय समाजसेवीको छ ।

विगत लामो समय देखी यो संस्था रहेको भवन गहिरो आर्थिक बोझमा परेको बेला सञ्चालक समिति संस्थाको सबलताको खातिर गर या मरको अवस्थामा रहेको जानकारी संस्थाका निर्देशक कार्कीले बैठकमा जानकारी गराएका थिए ।
संस्थाको कार्य समिति र स्थानीय समाजसेवी तथा बौद्धिक व्यक्तित्वहरू मोती खरेल, श्याम लिम्बु, तथा सरोज जोशी लगायत अन्य धेरैको पहलमा यस संस्थाको संरक्षण र विकासको लागी २५० हजार पाउण्डको रकम सङ्कलनको प्रस्ताव बैठकमा जानकारी गराइएको थियो ।
कार्यक्रममा सहभागी NRNA UK का महासचिव दिवाकर पाण्डे, NRNA महिला उपाध्यक्ष कमला श्रेष्ठ, फाईफ कम्युनिटीका पूर्वअध्यक्ष राम बगाले , NRNA UK संस्थाका पूर्वसचिव तारानाथ भण्डारी, NRNA स्कट्ल्याण्डका पूर्वअध्यक्ष काशीराम भण्डारी लगायतले यस संस्थाको संरक्षण तथा सम्बद्धता विविध पक्षमा आआफ्नो भनाई राखेका थिए।

बैठकमा बोल्दै समितिका सम्पूर्ण पदाधिकारी र उपस्थित समाजसेबीहरू सबैले कार्यबाहक राजदूत दुवाडीलाई दुताबासमा नेपालीहरुको सार्बभौम , बिश्वास र अभिभावकिय धरोहर सस्था भएकोले यस सस्थाको अभिभावकको रूपमा संरक्षकत्व लिनका लागि सुझाएका थिए। राजदुत दुवाडीले दुतावास सदैब नेपाली दाजुभाईहरुसँगै सहकार्य गर्न कुनै कसर बॉकी नराख्ने जानकारी गराउदै आगामी दिनमा आफनै भवन consular services मा कार्यक्रम गर्ने बचन दिएका छन ।
यसै शीलशीलामा दुताबालले आफ्नो एक दिने घुम्ती सेवा पनि आजै ग्लास्गोमा संपन्न गरेको छ।




















