काफ्ले पाटी जादै गरेको बोलेर दुर्घटना चालक सहित २ जना घाईते
ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट फुङलिङ ११ काफ्लेपाटी तर्फ गई रहेको मे१ज २३२४ नं को बोलेरो गाडी दुर्घटना हुदाँ चालक सहित २ जना घाईते भएका छन । गाडीमा समस्या आएर ओट लगाउने क्रममा गाडीको चक्काले किची बोलेरो गाडीका चालक पाँचथर फिदिम न.पा –१३ बस्ने बर्ष अन्दाजी ३३ बर्षका उमेश राई र गाडीमा सवार मोरङ उर्लाबारी ४ बस्ने मन्जु न्यौपानेको छोरा बर्ष ११ को अंकित न्यौपाने सामान्य घाइते हुनु भएको छ । घाइतेमध्ये चालक राईको टाउकोमा बायाँ खुट्टामा र हातमा चोट रहेको र छ भने न्यौपाने सामान्य घाइते हुनु भएको छ ।
चालक राईको अवस्था मध्यम र बोल्न सक्ने अवस्थाको तथा न्यौपानेको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख बेदप्रसाद गौतमले जानकारी दिनु भएको छ । गाडीमा ११ जना सवार रहेकोमा अन्य ९ जना यात्री भने सामान्य रहेको प्रहरीले बताएको छ । घटनाको अनुसन्धान तथा उद्धारका लागि प्रहरी नायव निरीक्षक गोबिन्द सिलवालको नेतृत्वमा प्रहरी टोली परिचालित गरिएको समेत जिल्ला प्रहरी कार्यालयले बताएको छ ।



















