जेनजी सरकारले गरीब विपन्नलाई दिदैँ आएको सेवामा रोक लगाएको प्रति वडा अध्यक्ष असन्तुष्ट

वेलकम खबर
कार्तिक १६, २०८२

ताप्लेजुङ । स्थानीय सरकारले गरीब विपन्न वर्गलाई  वितरण गदै आएको सेवाहरू जेनजी सरकारले रोक लगाएको प्रति जनप्रतिनिधिहरूले असन्तुष्टि जनाएको छ ।ताप्लेजुङ फुङलिङ नगरपालिका वडा ८ का वडा अध्यक्ष  क्षितिज सुनुवारले लक्षित वर्गलाई वितरण गदै आएको सामान्य कार्यक्रम पनि हालका जेनजी सरकारले रोक लगाएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो वडामा सञ्चालित सुत्केरी पोषण सामाग्री, किरिया खर्च, एम्बुलेन्स भाडा, किसानले पाउने बिउ, बिजन, कृषि उपकरण, विद्यार्थी तथा अपाङ्ग कार्यक्रम लगायतका कार्यक्रम बन्द गर्न वर्तमान सरकारले परिपत्र गरेर जनताका सेवा गर्न नदिएको गुनासो गर्नुभयो ।

फुङलिङ नगरपालिकाका सामाजिक विकास संयोजक समेत रहनुभएका वडाध्यक्ष सुनुवारले भूगोलका आधारमा ४० लाख बजेटले कस्तो बजेट बनाउने भन्दै प्रश्न गर्नुभएको हो ।  फुङलिङ नगरपालिका ८ का ५ वर्षमुनि र ६० वर्षमाथिका नागरिकले जिल्ला अस्पतालमा उपचार गराउन जाँदा निःशुल्क एम्बुलेन्स सेवा पाउँदै आएको छ ।यस्तै वडाले मृत्यु भए किरिया खर्चको सहयोगका लागि १० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।  सुत्केरी महिलालाई एउटा कुखुराको भाले, भाले नखानेलाई घिउ, अण्डा र पोसिलो खानेकुरा वडाले उपलब्ध गराउँदै आएको थियो । जेनजी सरकारले वितरणमुखी कार्यक्रम नगर्न सबै पालिकामा परिपत्र गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*