पाथीभरा मन्दिर क्षेत्रमा ब्यापक सरसफाई निस्क्यो यति धेरै फोहोर (फोटो फिचर)
ताप्लेजुङ । नेपालकै प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरामा सरसफाई गरिएको छ । पाथीभरा क्षेत्र विकास समिति र फुङलिङ नगरपालिकाको आयोजनामा सरसफाई आयोजना गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले जानकारी दिनुभयो ।
शनिवार गरिएको सरसफाई कार्यक्रममा फुङलिङ नगरपालिकाका प्रमुख अमिर मादेन,नेपाली सेना, शसस्त्र प्रहरी नेपाल प्रहरी,रेडक्रस बाणिज्य संघ पत्रकार लगायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थितिमा सरसफाई अभियानमा २९ बोरा फोहोेर संकलन भएको कार्यकारी निर्देशक हाङवाङले जानकारी दिनुभयो ।

























