अन्तर जिल्लास्तरीय आमन्त्रित पाँचौं मेरिङदेन कप आगामी कार्तिक ७ देखि
ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका ३ खाम्लुङमा पाँचौं अन्तर जिल्लास्तरीय मेरिङदेन कप फुटबल प्रतियोगिता संचालन हुने भएकोछ । प्रतियोगिता कार्तिक ७ गतेदेखि १२ गते सम्म पृथ्वी तथा लेष्नमाया स्मृति युवा क्लबको खेल मैदानमा सञ्चालन हुने भएको छ । शनिवार क्लबले फुङलिङमा पत्रकार सम्मेलन गदै खेल तालिका सार्वजनिक गरेको हो । उद्घाटन खेलमा पृथ्वी लेसनमा स्मृति युवा क्लबले मेरिङदेन युवा क्लब थुकीमासँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो खेल नवज्योति युवा क्लब मेरिङदेन र सनराइज क्लब साँघु आम्नेसामने हुनेछन् । त्यस्तै तेस्रो प्रतियोगिता जनसेवा आदर्श स्पोर्टिङ क्लब र तेल्लोक स्पोर्टिङ क्लब सिरिजङ्गा बीच हुने भएको हो। मानाभरा स्पोर्टिङ क्लबले साथीभाई युवा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । तेह्रथुमको जिरी खिम्ती युवा क्लब र पाँचथर गणेशचोकको दुईवटा टिम पहिलो चरण को खेल अगावै दोस्रो चरणको खेलमा प्रवेश पाउनेछन् ।
प्रतियोगितामा १० वटा क्लबको सहभागिता रहने क्लबका अध्यक्ष सुजन सामेखाम बताउनुभयो । क्लबका अध्यक्ष सामेखामका अनुसार प्रतियोगिता सम्पन्न गर्न कुल १८ लाख ३२ हजार ३६४ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । मेरिङदेन गाउँपालिका , ३ नं वडा कार्यालय , सरकारी तथा गैरसरकारी सङ्घसंस्थाहरू साथै गोरखा ब्रुअरी प्रालि सहित व्यक्ति तथा दाताहरूबाट सहयोगको अपेक्षा गरेको आयोजकले जनाएको छन् ।
प्रतियोगिताको विजेताले नगद १ लाख ५१ हजार १ सय ८२ रुपैँया र द्धितिय हुने टिमले नगद ८१ हजार १ सय ८२ रुपैँया पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै म्यान अफ द म्याच, बेस्ट प्लेयर, बेस्ट फर्वाडर, बेस्ट मिडफिल्डर, बेस्ट डिफेन्डर, बेस्ट किप्परलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।


















